केन्याको बारबाट १२ नेपाली युवती यसरी परे प्रहरी फन्दामा

केन्याको बारबाट १२ नेपाली युवती यसरी परे प्रहरी फन्दामा
 
काठमाडौं । दलालको फन्दामा परेर केन्या पुगेका १२ नेपाली युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफ्रिकी मुलुक केन्याको बारमा डान्सरका रुपमा काम गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोम्बासा काउन्टीको न्यालीस्थित रंगिला बार (मधुशाला चमेनागृह) मा गैर कानुनी रुपमा अन्तराष्ट्रिय महिला बेचबिखन संगठित ससूह सक्रिय रहेको आशंकामा प्रहरीले छापा मारेको थियो । चमेनागृहका संचालक असिफ अमिराली अलिभाई जेजथालाई पक्राउ गरेको जानकारी दिदै प्रहरीले उनीसँग क्यानडाको राहदानी रहेको बताएको छ । तर, प्रहरीले उनको नाम नक्कली रहेको आशंका गरेको समाचारहरुमा उल्लेख छ ।
 
बार डान्सरको रुपमा उनीहरुलाई मानव तस्करहरुले त्यहाँ पु¥याएको प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती नेपाली युवतीहरुलाई बारबाट प्रहरीले नियन्त्रणमा लिएको स्थानीय संचारमाध्यमले जानकारी गराएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा नेपाली युवतीहरु लुंगा–लुंगा बोर्डर हुँदै केन्या पसेका थिए ।
 
चमेनागृहका संचालक असिफ अमिराली अलिभाई जेजथा प्रहरीले उनीहरु नेपालबाट केन्या कसरी त्यहाँ पुगे भनेर अनुसन्धान भइरहेको जनाएको छ । बार सञ्चालकसहित उनीहरुलाई मोम्वास अदालतमा लैजाने तयारी रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग