कप्तान रोहितको सानदार प्रदर्शनले नेपाल बिजयी

कप्तान रोहितको सानदार प्रदर्शनले नेपाल बिजयी

काठमाडौं

मलेसियामा भइरहेको आईसीसी यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटमा नेपालले चौथो खेलमा ओमानलाई १ सय ५० रनले पराजित गर्दै सानदार जित हात पारेको छ।

टस हारेर पहिले ब्यटिङ्ग गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ७५ रन बनाएका थिए । त्यसैगरि प्रतिस जिसीले ४१ र भिम सार्कीले ३९ रनको योग दान दिएका थिए।

रोहितले ८१ बलको समाना गर्दै २ छक्का र ५ चौकाको मदतले ७५ रन बनाएका थिए। त्यसैगरि भिम सार्कीले ४३ बलमा ३९ रन बनाएका थिए। उनले १ छक्का र २ चौका प्रहार गरेका थिए।

दश नंबरमा आएका ब्याट्सम्यान प्रतिसले २३ बलमा ४ छक्का र २ चेकाको मदतले ४१ रन बनाएका थिए। प्रतिसले अन्तिम विकेटका लागि सुर्य तामाङसँग ५१ रनको साझेदारी गरेका थिए। सुर्यले ७ रन बनाएका थिए।

ओमानका मुजाहिर राजा, आजम अली, जेवाई तन्ना र एसआर रविन्द्रले २-२ विकेट लिएका थिए। ओमानलाई सस्तोमा समेट्ने क्रममा नेपालका पवन शर्राफले ३ विकेट लिएका थिए भने सुर्य तामाङ र प्रतिस जिसीले २-२ विकेट लिएका थिए।

नेपालका कमल सिंह ऐरीले ३ ओभरमा तीन मेडेन गर्दै १ वेकट लिएका थिए। कुशल मल्लले १० ओभरमा १२ रन खर्चेर १ विकेट लिएका थिए।  ओमान ४४.१ ओभरमा ७९ रनमा समेटिएको थियो। ओमानका लगि जेएस तन्ना र एएस सिराहले १३-१३ रन बनाएका थिए।

नेपालका रोहित कुमार पौडेल प्लेयर अफ म्याच घोषित भए।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग