प्लेस्टोर र एपस्टोरबाट टिकटक हटाउन सरकारको निर्देशन

प्लेस्टोर र एपस्टोरबाट टिकटक हटाउन सरकारको निर्देशन

नयाँ दिल्ली

भारत सरकारले प्ले स्टोर र एप स्टोरबाट टिकटकलाई हटाउनको लागि निर्देशन दिएको छ । भारत सरकारको इलेक्ट्रोनिक तथा सूचना प्रौद्योगिक मन्त्रालयले एपल र गुगलको एपस्टोर र प्लेस्टोरबाट टिकटक हटाउन निर्देशन दिएको हो । 

यस अघि मद्रासको उच्च अदालतले सरकारलाई टिकटकले सांस्कृतिक विचलन ल्याएको र समाजलाई असर गरेको भन्दै यसमाथि प्रतिबन्ध लगाउनको लागि आदेश जारी गरेको थियो । त्यसको विरुद्धमा टिकटकको पक्षधरले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सर्वाेच्चले पनि मद्रास उच्च अदालतको सो आदेश सदर हुने गरी आदेशको विरुद्धमा परेको मुद्दा खारेज गरिदिएको थियो । 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग