समाचार

साथीहरुलाई आफु हारेपछि पार्टी नै सक्कियो भन्ने लागेको छ

 
बिश्व न्यूज संबाददाता 
टेक्सस । 
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) ले  चुनावमा पराजित पार्टीका कतिपय नेताहरुले आफु दोष वाट उम्कन नेतृत्वलाई आरोप लगाउने काम गरिरहेको भन्दैं असन्तुष्टि जनाएकि छन् । 
 चुनावमा अनेपेक्षित परिणाम आउनुको पछाडि केवल नेतृत्वलाई मात्रै दोष लगाउनु सही नभएको भन्दैं उनले जनतामा पार्टी लोकप्रिय नै रहेको भन्दैं प्राविधिक रुपले मात्रैं कांग्रेस अहिले प्रतिपक्षमा रहेको बताइन् । 

मा को अधिवेशनमा विभिन्न विधामा अवार्ड दिइने

अमेरिका ।

अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका मधेशी मुलका नेपालीहरुको संगठन मधेशी एशोसिएशन इन अमेरिका(मा) को प्रथम अधिवेशन न्यूयोर्कमा हुने भएको छ ।

मे महिनाको २५ र २६ मा हुने भेला तथा अधिवेशनकाका लागि संस्थाको न्यूयोर्क च्याप्टर अध्यक्ष मनोज सिंहको संयोजकत्वमा गठित व्यवस्थापन समितिले काम अघि बढाएको छ । मधेशी समुदायको शसक्तिकरण  र संस्कृति प्रवद्र्दन गर्ने मुल उद्देश्य राखेर गठन भएको मा को न्यूयोर्क, क्यालिफोर्निया, टेक्ससको डलास र अस्टिन, पिट्सवर्ग, वासिंगटन डिसी, शिकागो, ओहायो र न्यू इंगल्याण्डमा गरी ९ वटा च्याप्टर समिति रहेको छ ।

 

बुद्ध झण्डा फहराउन दुइ नारीको सगरमाथा यात्रा

 
बिश्वन्यूज संबाददाता
काठमाण्डौं । 
गौतम बुद्ध तथा बौद्ध धर्मालम्बीहरुलाई चिनाउने झण्डा र नेपालको झण्डा विश्वको सर्बोच्च शिखर सगरमाथामा फहराउन दुई नेपाली नारी सगरमाथा यात्रामा निस्किएका छन् । शान्तिका अग्रदुत सिद्दार्थ गौतम अर्थात गौतम बुद्धले प्रतिपादन गरेको शान्तिको बाटोलाई विश्वमाझ चिनाउन समेत फलदायी हुने विश्वास सहीत दोलखा गौरी शंकरकी २७ वर्षिया छोकी शेर्पा र काभ्रे रोसीकी २७ वर्षिया शर्मिला तामागं सगरमाथा यात्रामा निस्किएका हुन् । 
 

स्रोत साधन बाडफाडको अनुभव लिन उत्तरअमेरिकामा जनप्रतिनिधिको टोली

 
बिश्व न्यूज संबाददाता
टेक्सस (अमेरिका) । 
प्राकृतिक स्रोतसाधनको उपयोग तथा  केन्द्र, प्रदेश र स्थानीय सरकारबीच प्राकृतिक स्रोत साधनको वैज्ञानिक बाडफाडको विधि बारे ज्ञान लिन केन्द्र, प्रदेश र स्थानीय निकायका ८ जनाको टोली अवलोकनका लागि अमेरिका र मेक्सिको भ्रमणमा आएको छ ।  
राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा, प्रतिनिधि सभाका सदस्य पार्वत गुरुगं, घनश्याम खतिवडा, कमला रोका, प्रदेश सभा सदस्य भुमिश्वर ढकाल, मुनु सिग्देल, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र  बनेपा नगरपालिकाका प्रमुख अशोक कुमार बैंजु सहीतको ७ सदस्यीय टोली यहा आएको हो । 
 

मिचिगनमा पाठशाला संचालन हुने

मिचिगन ।
 गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका मिचिगनराज्य च्याप्टरले मिचिगनमा नेपाली पाठशाला संचालन गर्ने भएको छ । बालबालिकालाई आफ्नो भाषा, धर्म, संस्कृतिबारे ज्ञान दिने उद्देश्यले अप्रिल २१ बट नेपाली पाठशाला संचालन गर्न लागिएको एनआरएनए च्याप्टर अध्यक्ष जगनलाल श्रेष्ठ (विपिन)ले जानकारी दिनुभयो । 
ज्योति एभरेष्ट ताइक्वान्दो वाटरफोर्डको तालिम हलमा हुने पाठशालामा कक्षागत रुपमा पठनपाठन गराउनुका साथैं अतिरिक्त क्रियाकलाप पनि सिकाइने उहाले बताउनुभयो । 

टेक्सस र अक्लोहमामा आइसिइको छापा, ८९ पक्राउ

 
बिश्व न्यूज संबाददाता 
टेक्सस । 
अमेरिकाको इमाइग्रेसन एण्ड कस्टम इन्फ्रोसमेन्ट(आइसिइ)का अधिकारीहरुले टेक्सस तथा अक्लोहमा राज्यका विभिन्न शहरवाट कागजपत्र विहिन एक महिला सहीत ८९ जनालाई नियन्त्रणमा लिइएका छन् । 
विभिन्न अपराध गरेर लुकेर बसेका कागजपत्रविहिनहरुका सन्दर्भमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कडाइ गर्ने घोषणा गरेसगैं अमेरिकाका विभिन्न राज्यमा अधिकारीहरुले सक्रियता बढाएका छन् । 
 

सिलवाललाई पक्राउ गर्न बस्नेतको चुनौती

 
बिश्व न्यूज संबाददाता
टेक्सस (अमेरिका ) । 
नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले वर्तमान सरकारले अपराधीमा समेत विभेद गरेको आरोप लगाएका छन् । उनले अपराध गर्नेलाई वर्तमान सरकारले कानुनी दायरामा ल्याउन खोजेको हो भने नवराज सिलवाल, परशुराम बस्नेत लगायतलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । 
काभे्रका गणेश लामालाई प्रहरीले पक्राउ गरेको विषयमा बोल्दै अध्यक्ष बस्नेतले कानुन र संविधानको पक्षमा कांग्रेस र तरुणदल रहेको भएपनि त्यस्तै  प्रकृतिका अपराधमा संलग्न रहेका र  प्रहरीले खोजी गरिरहेकाहरुलाई यो सरकारले संरक्षण गरेर आस्थाका आधारमा विभेद गरेको आरोप लगाए । उनले यदि कानुनी राज र दण्डहिनताको पक्षमा यो सरकार छ भने टोले गुण्डा सबैलाई पक्राउ गरेर देखाउन चुनौती दिए । 

दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन

नेपालमा गत हप्ता विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झना तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना सहीत अमेरिकाको डलासमा दिप प्रज्वलन गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगलाको विमान दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो ।

 

नेपालको एकदिवसीय फड्को

 
बिश्व न्यूज संबाददाता
अमेरिका । 
नेपालले आइसिसिको एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता सुनिश्चित गरेको छ  । जिम्बाबेमा जारी विश्व कप छनौट प्रतियोगितामा सहभागि भएको नेपाल सुपर सिक्स पुग्न नसकेपनि प्ले अफमा पपुवा न्युगिनीलाई हराएर  एक दिवसीय क्रिकेटको मान्यता प्राप्तमा   राष्ट्रको सुचीमा समावेश भएको हो ।

विदेशमन्त्री रेक्सको बर्खास्ती

 
अमेरिका । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई पदबाट वर्खास्त गरेका छन् । रेक्सको ठाउमा राष्ट्रपति ट्रम्पले सिआईएका निर्देशक माइक पोम्पियोलाई नियुक्त गरेका छन् । यस्तै सिआइएको निर्देशकमा गिना हास्पेल नियुक्त भएकि छिन् । अमेरिकी गुप्तचर निकाय सिआइएको निर्देशक बन्ने उनी पहिलो महिला हुन् । 
पदबाट वर्खास्त भएका रेक्स एक्सजोन मोविलका मालिक हुन् । उनी अन्तराष्ट्रिय सम्बन्ध स्थापित हुनुपर्ने पक्षमा थिए ।  
 

न्यूयोर्कको म्युजियममा रहेको वर्षौंदेखि हराएका मूर्ति नेपाल पठाइँदै

हुन त वरिष्ठ साहित्यकार लैनसिंह बाङ्देलले सन् १९८९ मा लेखेको पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’ मै भनिएको थियो । नेपालबाट शताब्दिऔं पुराना मूर्तिहरु वर्षेनी हराइरहेका छन् । तत्कालीन समयमै अमेरिकाको न्यूयोर्कमा रहेको मेट्रोपोलिटियन म्युजियममा भगवान बुद्धको पूर्ण कद भएको मूर्ति फेला परेको थियो । 

लायन्सले वक्तृत्वकला गर्ने

 बिश्व न्यूज संबाददाता
डलास (टेक्सस) ।
टेक्ससको डलासमा रहेको एभरेष्ट लायन्स क्लबले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । विद्यार्थीको वाक क्षमता अभिवृद्दि गराउने उद्देश्यले क्लबले बार्षिक रुपमा वक्तृत्वकला प्रतियोगिता गर्दै आएको छ । क्लबले आउदो मार्च १७ मा वक्तृत्वकला गर्न लागेको कार्यक्रम संयोजक सुरेश बस्यालले जानकारी दिए । 
उत्कृष्ट हुने विद्यार्थीले लायन्सको डिष्ट्रिक्ट स्तरको प्रतियोगितामा समेत सहभागिता जनाउन पाउने बताउदैं बस्यालले प्रथम हुनेलाई नगद १ सय ५०, दोस्रो हुनेलाई १ सय र तेस्रो हुनेलाई १ सय सहीत पुरस्कारको व्यवस्था रहेको जनाए । 
युवा विद्यार्थी माझ ड्रग्स सचेतनामुलक अभिमुखीकरणमा केन्द्रीत रहेर वक्तृत्वकला क्लबले गर्न लागेको हो । यसअघि क्लबले गरेको प्रतियोगिताहरुमा सफल लामिछाने, स्वेता गौतम र कृतिका पन्त विजयी भएका थिए । 

अन्तिम खेलमा नेपाल विजयी

 

सुपर सिक्सको सपना अधुरो 

बिश्व न्यूज संबाददाता
अमेरिका । 
पाचौं विकेटका लागि रोहीत कुमार पौडेल र सोमपाल कामीले ८९ रनको योगदान गरेपछि नेपालले विश्व कप छनौटको समुह चरणको अन्तिम खेलमा हंगकगंलाई ५ विकेटले हराएको छ । अन्तिम खेलमा जीत हासिल गरेपनि अंक तालिकामा चौथो स्थानमा रहदैं नेपाल सुपर सिक्समा पुग्न भने असफल भएको छ । नेपाल रहेको समुह बी वाट जिम्बाबे, स्कटल्याण्ड र समान १ खेलमा जीत निकालेको अफगानिस्तान रन रेटमा माथि रहदैं सुपर सिक्समा छानिएको छ । 
 

नेपाल स्कटल्याडसंग पराजित

 
बिश्व न्यूज संबाददाता 
टेक्सस (अमेरिका) । 
नेपाल विश्व कप छनौट चरणको आफ्नो दोस्रो खेलमा स्कटल्णड सग ४ विकेटले पराजित भएको छ । पहिलो खेलमा घरेलु टोली जिम्बाबे सग पराजित भएको नेपालको यो दोस्रो हारले सुपर सिक्समा पुग्ने संभावना समेत क्षिण भएको  छ । नेपाल सम्मिलित टिममा स्कटल्याण्ड, जिम्बाबे, अफगानिस्तान र हंगकंग रहेका छन् । जसमा स्कटल्याण्डले खेलेको तीन वटै खेल जितेको छ भने घरेलु टोली जिम्बाबेले खेलेको २ खेल जितेको छ । नेपाल सगैं ३ खेल खेलेको  अफगानिस्तानले पनि तीनै खेल हारेको छ । हंगकंगले २ खेल खेलेकोमा एक खेल गुमाएको छ भने एकमा जीत निकाल्दैं अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।  

टप मोडल वरल्डवाइडमा चौहान

‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान आगामी चैत २० गते बेलायतको लण्डनमा हुने ‘टप मोडल वल्र्डवाइड २०१८’ मा सहभागी हुने भएका छन् । संसारभरका मोडल सहभागी हुने उक्त प्रतियोगितामा ४० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

प्रदेशका भीआईपीलाई झण्डा अनिवार्य

प्रदेशका भीआईपीले राष्ट्रिय र प्रदेशको पहिचान देखिने झण्डा अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । गृहमन्त्रालयका अनुसार प्रदेशका कार्यालय तथा प्रदेशका भीआईपी पदाधिकारीले प्रदेशको आफ्नै पहिचान झल्कने खालको झण्डा प्रयोग गर्न सक्नेछन् । तर यसरी प्रदेशको पहिचान झल्कने झण्डा प्रयोग गर्दा सँगसँगै नेपालको राष्ट्रिय झण्डालाई पनि अनिवार्य प्रयोगमा ल्याउनु पर्ने  छ ।

अमेरिकी जनसम्पर्क समितिमा किचलो,अपुरो बैठक देखि बजारमा खाता संचालन र चन्दा चर्चा

सुरज भण्डारी

नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकामा फेरि किचलो सुरु भएको छ । अहिले समितिका पदाधिकारी तथा सदस्यहरु विभिन्न समुहमा विभाजित भएका छन् । आनन्द विष्ट नेतृत्वको अमेरिकाको जनसम्पर्क समितिको कार्यकाल सकिएकाले यो कमिटिको निरन्रतता संभव नभएको भनी एउटा समुहले वैठकनै वहिस्कार गर्न थालेको छ ।

एआईजी भएका शैलेन्द्र खनालमाथि फौजदारी अभियोग लाग्ने

‘गुन्डा नाइके’ गणेश लामामार्फत तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारलाई प्रभावमा पारी एक नम्बरको डीआईजीमा बढुवा हुँदै प्रतिस्पर्धीभन्दा एक वर्षअघि एआईजी भएका शैलेन्द्र खनालमाथि फौजदारी अभियोग लाग्ने भएको छ । सशस्त्र प्रहरी बलले चार वर्षअघि एपीसी खरिद गर्ने टेन्डर गरेर ठेक्का दिइसकेपछि रद्द गरेको विषयमा ठेकेदारले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

सम्पदाप्रेमीका नाममा महर्जन कम्प्लेक्समा दादागिरी

हनुमानढोका दरवार क्षेत्रमा रहेको क्रिस्टल भवन भएको स्थानमा निर्माणाधिन महर्जन कम्प्लेक्स मापदण्ड विपरीत भएको भन्दै स्थानीय र सम्पदाप्रेमीको नाममा केहीले अवरोध गरिरहेका बेला सो कम्प्लेक्सका सञ्चालक कृष्णलाल महर्जनले भने आफूले मापदण्ड अनुसार नै निर्माण गरेको दाबी गरेका छन् ।

सुष्मा स्वराज मोदीको विशेष दूत बनेर नेपाल आउँदै

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि नेपाल आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् । स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको बताइएको छ ।

खग्रास चन्द्रग्रहण समाप्त, ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा



काठमाडौँ, माघ १७ ।  माघ शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लागेको छ । बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सातौँ दिनसम्म घना जंगलमै हराएका जोन तामाङको यसरी भयो उद्धार

‘हिजोको खोजी कार्य चित्त नबुझेपछि आज पुनः त्यहाँ पुग्यौँ । टुप्पामा पुगेर तलतिर झर्यौँ । जोन करिव दुई हजार मिटरको उचाइमा फेला परेको । सानो पोखरी रहेछ त्यहाँबाट दुई टोली छुट्टियो । हामी लाकुरी भञ्ज्याँग जाने बाटोतिर अझै दायाँ लाग्यौँ । करिव सात आठ सय मिटर तल झरिसकेपछि एउटा ब्याग भेट्यौँ । ब्यागभित्र एउटा पेन र चम्चा भेट्यौँ । शंका लाग्यो । दायाँ बायाँ हेर्दा मान्छे घस्रिएको ठाँउ भेट्यौँ ।

प्रधानन्यायाधीशलाई गोविन्द केसीले अपराधी र ‘हत्यारा’ भन्दै तँ सम्वोधन गरेपछि...

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अपराधी र ‘हत्यारा’  भएको आरोप लगाएका छन् । अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै केसीले प्रधानन्यायाधीश पराजुली हत्यारा भएको आरोप लगाएका हुन् ।

प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएपछि...

फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधान न्यायाधिश गोपाल पराजुली अनुसन्धानको घेरामा तानिएका छन् । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आफूलाई त्यस्तो धम्की दिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा निवेदन दिएपछि प्रहरीले पराजुलीमाथि छानवीन थालेको हो । लगत्तै जिप्रकाले यसबारे छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाण्डौंलाई भनेको छ ।

अमेरिका आइपुगे रक्तदानको आह्वानसहीत निस्किएका साइकल यात्री

रक्तदान गर्नका लागि जागरण फैलाउने उद्देश्यसहीत विश्व साइकल यात्रामा निस्किएका दुई युवा नेपाली यात्रा गर्दै अमेरिका आएका छन् । ‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहीत साइकल यात्रामा निस्किएका पर्वतका ३६ वर्षिया युवा भेषराज कंडेल र झापाका ३१ वर्षिया युवा युवराज मैनाली विश्वका  ४२ देशको भ्रमण सकेर हालै अमेरिका आएका हुन् ।