खेलकूद

डलास गोर्खाजलाई उपाधि

 
बिश्व न्यूज संबाददाता
टेक्सस ।
नेपाली नया बर्षको अवसर पारेर टेक्ससको डलासमा आयोजित तेस्रो न्यू इयर कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि डलास गोर्खाज फुटवल क्लबले हात पारेको छ ।  प्रतियोगिताको उपाधि जित्ने क्रममा डलास गोर्खाजले फाइनलमा आयोजक डिएफडब्लु हिमालयज फुटवल क्लबलाई शुन्यका विरुद्ध पाच गोलले हराएको थियो । 
प्रतियोगितामा टेक्सस, क्यालिफोर्निया, लुजियाना र ओक्लोहमामा रहेका नेपालीहरुको २० वटा क्लबहरुको सहभागिता रहेको थियो । उपाधि जित्ने क्रममा डलास गोर्खाजले प्रथम चरणमा हिमालयन डु्रकलाई एकका बिरुद्ध सात, प्रि क्वाटरमा डिएफडब्लु ह्वाइटलाई एकका विरुद्ध आठ, क्वाटरफाइनलमा हिमालयज ह्वाइटलाई शुन्यका विरुद्ध तीन र  सेमिफाइनलमा लसएन्जल्स ११ लाई शुन्यका विरुद्ध चार गोलले हराएको थियो ।
जितसगैं डलास गोर्खाजले उपाधि सहीत १ हजार ५ सय डलर र उपविजेता टोली डिएफडब्लु हिमालयजले ७ सय डलर प्राप्त गरेको छ । 

 

नया वर्षमा न्यू इयर कप

 
बिश्व न्यूज संबाददाता
टेक्सस । 
नया बर्ष २०७५ को अवसरमा डलासमा रहेको डिएफडब्लु हिमालयज फुटवल क्लबले सेभेन ए साइड मैत्रीपुर्ण फुटवल प्रतियोगिता गर्ने भएको छ । नयावर्षको अवसरमा क्लबले आयोजना गर्दै आएको न्यू इयर कपको को तेस्रो संस्करण अप्रिल ८ मा ग्रेपभाइनमा हुने क्लबले जनाएको छ । मिडोमेरी सकर मैदान ग्रेपभाइनमा गरिने प्रतियोगितामा डलास फोटवर्थ क्षेत्रवर पर रहेका विभिन्न क्लबहरुले प्रतिष्पर्धा गर्ने बताइएको छ । मार्च ३१ सम्म क्लब दर्ता गरिसक्नुपर्ने जनाउदैं क्लबले दर्ता शुल्क ३ सय ५० डलर राखेको जनाएको छ । प्रथम हुने टोलीलाई १५ सय नगद र दोस्रो हुने टोलीलाई ७ सय नगद सहीत ट्रफी पुरस्कार राखिएको प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

सकर फर किड्स क्याम्पको तयारी

 
बिश्व न्यूज संबाददाता
टेक्सस । 
 अमेरिकाको डलास फोटवर्थ क्षेत्रमा सक्रिय डलास गोर्खाज फुटवल क्लबले सकर फर किड्स अर्थात बच्चाका लागि फुटवल नारा सहीत किड्स समर क्याम्प २०१८ को तयारी अघि बढाएको जनाएको छ । बच्चाहरुको विद्यालयमा लामो विदा हुने समय पारेर क्लबले बर्षेनी सकर फर किड्स नारासहीत समर क्याम्प गर्दै आएको छ । 
 

अन्तिम खेलमा नेपाल विजयी

 

सुपर सिक्सको सपना अधुरो 

बिश्व न्यूज संबाददाता
अमेरिका । 
पाचौं विकेटका लागि रोहीत कुमार पौडेल र सोमपाल कामीले ८९ रनको योगदान गरेपछि नेपालले विश्व कप छनौटको समुह चरणको अन्तिम खेलमा हंगकगंलाई ५ विकेटले हराएको छ । अन्तिम खेलमा जीत हासिल गरेपनि अंक तालिकामा चौथो स्थानमा रहदैं नेपाल सुपर सिक्समा पुग्न भने असफल भएको छ । नेपाल रहेको समुह बी वाट जिम्बाबे, स्कटल्याण्ड र समान १ खेलमा जीत निकालेको अफगानिस्तान रन रेटमा माथि रहदैं सुपर सिक्समा छानिएको छ । 
 

बिहिवारबाट तिलोत्तमा गोल्डकप

बिश्व न्यूज संबाददाता
बुटवल, १२ फाल्गुन । 
 
मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता  तिलोत्तमा गोल्डकप विहिवार वाट बुटवलमा सुरु हुने भएको छ ।  
गर्विलो इतिहास बोकेको  फुटबल प्रतियोगिताको २० औं संस्करणको उद्घाटनमा आयोजक  रुपन्देहीको  लाली रुपन्देही ११ र कर्णाली प्रदेशको सुदुर पश्चिम ११ ले प्रतिष्पर्धा गर्नेछन् । 
 

 

जिम्बाब्वेसँग पराजित, नेपालको विश्वकपमा छनोट हुने सम्भावना क्षीण बन्दै

आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ११६ रनले रनले पराजित भएको छ । ३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०, दिपेन्द्रसिंह ऐरीले २३, शरद भेषवाकरले ५२, अरिफ शेखले ५०, रोहित कुमारले ३०, सोमपाल कामीले ११, वसन्त रेग्मीले २ र सन्दिप लामिछानेले छ रन बनाएका थिए ।

युएईविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । युएईको शेख जायद रंगशालामा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार ग¥यो 

अल्फा बिटा अन्तर कलेज फुटसलको उपाधि आइडिएल कलेजलाई

शंखमुलस्थित शंखमुल फुटसल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा आइडिएल कलेजलाई ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि टाइम्स कलेजले जितेको छ । 

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ । 

स्वास्थ्य र प्रतिष्ठाको पर्याय खेलकुद : मन्त्री राजेन्द्रकुमार केसी

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले आम नागरिकलाई स्वस्थ, इमान्दार र दक्ष बनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान दिएको स्पष्ट पारेका छन् । सरकार खेलकुदको क्षेत्रबाट मुलुकको प्रतिष्ठा उचाईमा पु¥याउन प्रतिवद्ध रहेको मन्त्री केसीले बताए ।

चार पटक विजेता बनेको इटाली विश्वकप बाहिर

चार-चार पटकको विश्व च्याम्पियन इटाली रूसमा हुने विश्वकप फुटबलबाट बाहिरिएको छ । सोमबार राति विश्वकप छनोटका लागि भएको खेलमा स्विडेनसंग गोल रहित बराबरीमा खेलेपछि इटालीको विश्वकप खेल्ने सम्भावना सकिएको हो ।

स्विट्जरल्याण्ड र क्रोएशियाको रुसमा हुने विश्वकपमा छनोट हुने संभावना बलियो

स्विट्जरल्याण्ड र क्रोएशियाले अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट हुने संभावना बलियो पारेका छन् । यूरोपेली समुहको प्ले अफ्अन्तर्गत बिहीबार राती भएका पहिलो लेगका खेलहरु जित्दै क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकप नजिक पुगेका हुन् ।

अन्तिम १६ का लागि बार्सिलोनाको सम्भावना बलियो

मड्रिड – बार्सिलोनाले मंगलबार तेस्रो श्रेणीको क्लब रियाल मुर्सियालाई पहिलो लेगमा ३–० ले पराजित गर्दै  कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो पारेको छ।

काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले निर्विरोध

काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले दोस्रो कार्यकालका लागि निर्विरोध चयन भएका छन् ।

जिल्ला क्रिकेट संघ काठमाडौंको आज भएको अधिवेशनले घलेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

 

नेपाली यू-१९ टोली बंगलादेश जाँदै

घरेलु टोलीसँग ३ म्याच खेल्नेयू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ ।

 

बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ ।