विश्व

अर्विगंको एक अपार्टमेण्टमा आगलागी

डलास(टेक्सस) । अमेरिकाको टेक्सस अर्विगंमा रहेको एक अपार्टमेण्टमा शुक्रवार आगलागी भएको छ । पायोनियर पार्क वे मा रहेको वाटर रिज अपार्टमेण्टमा भएको आगलागीवाट झण्डै १८ देखि २२ अपार्टमेण्टमा पुर्ण रुपमा क्षतिग्रस्त भएको अर्विगं प्रहरीलाई उद्दृत गर्दै यहाको अनलाइन न्युज डब्लुएफएएले जनाएको छ । डलास अर्विगं फोर्टवर्थ क्षेत्र नेपालीहरुले बाक्लो बसोवास भएको क्षेत्र भित्र पर्दछ । यहाका अपार्टमेण्टहरुमा नेपालीहरु बस्ने गरेका छन् । 

पत्नीको उपचारमा जान अनुमति माग्दै शरीफ विशेष अदालतमा

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहनुभएकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उहाँमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन् । शरीफ पत्नी कुलसुमलाई क्यान्सरको समस्या देखिएपछि विगत केही समयदेखि उपचारका लागि बेलायतमा रहँदै आएका छन् ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भियतनाममा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुगेका छन् । भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्स् बिमान अवतरण गरेको थियो । उनलाई सो विमानस्थलमा विशेष स्वागत गरिएको थियो । 

राष्ट्रपति ट्रंप दक्षिण कोरियामा

एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज दक्षिण कोरिया पुगेका छन्

बेलायती महारानी एलिजावेथमाथि कर छलीको आरोप

बेलायती महारानी एलिजावेथ तथा संसारका ख्याती प्राप्त नेताहरूले कर छल्नका लागि गोप्य रूपमा लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ