स्वास्थ्य

केहो ‘सेल्फी इल्बो’ ? कसरी पाउने यसबाट मुक्ति ?

घन्टौसम्म मोबाईल खेलाउँदा किशोर किशोरीमा नसासम्बन्धि गम्भीर समस्या बढ्न थालेको छ । अत्याधिक मेसेज टाइप गर्दा वा मोवाइल चलाउँदा औलाका नसामा समस्या बढेको समाचारहरु सार्वजनिक हुनथालेका छन् ।

अहिले फेरी अर्को समस्याको रुपमा देखा परेको छ, सेल्फी इल्बो । अत्याधिक सेल्फी खिच्ने कूलतलाई मेडिकल भाषामा ‘सेल्फी इल्बो’ भन्न  थालिएको छ । सेल्फी इल्बो अहिलेको जल्दोबल्दो चिकित्सकीय समस्या बन्न पुगेको छ ।

धेरै  सेल्फी खिच्ने क्रममा मानिसमा सेल्फी इल्बोको खतरा बढेको विज्ञ बताउँछन् । सेल्फी इल्बोले कुहिनोमा अत्यधिक पीडा भएको गुनासो गर्दै चिकित्सकहाँ उपचार गर्न आउनेमा १० वर्षका बालकदेखि ५० वर्षका वयस्क रहेका छन् ।

कुईनो तन्काएर सेल्फी लिदा मांशपेशीमा अत्यधिक पीडा हुन्छ । कुईनाको पीडाबाट मुक्त हुन एड्भिल वा मोटरिन जस्ता औषधी प्रयोग गर्न चिकित्सकहरुको सुझाब छ । माशंपेशीमा आईस राखेर वा मांशपेशी तन्काएर पनि कुइनको उपचार गर्न सकिन्छ । पछिल्लो समयमा किशोर किशोरीमा यस्ता प्राविधिक चोटमा वृद्धि भएको देखिएको छ ।  

खाना नपचेर हैरान हुनुहुन्छ ? घरमै उपचार गर्न सक्नुहुन्छ

खाना नपच्ने समस्याले धेरैलाई पिरोल्ने गरेको छ  । तर केहि घरेलु विधिको प्रयोग बाट यो समस्यालाई हटाउन सकिन्छ । ति मध्ये केहि उपायहरु निन्न अनुसार छन् :

क्यान्सर सेन्टरको शुरुवात गर्दै स्टार हस्पिटल

काठमाण्डौको सानेपास्थित स्टार हस्पिटलले क्यान्सर उपचार सेवा सुरु गरेको छ । हस्पिटलले काठमाण्डौ क्यान्सर सेन्टर संगको सहकार्यमा स्टार काठमाण्डौ क्यान्सर सेन्टरको शुरुवात गरेको हो । सो सेन्टरको आईतबार विशेष समारोहकाबीच महिला बालबालिका तथा समाजकल्याणमन्त्री बिक्रम बहादुर थापाले उद्घाटन गरेका छन् । क्यान्सरका बिरामीलाई घरायसी वातावरणमा उच्च स्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्य अनुरुप क्यान्सर उपचार सेवा सुरु गरेको अस्पतालका अध्यक्ष ईन्जिनियर बसन्त चन्द्र मरहठ्ठाले जानकारी दिएका छन् ।

सर्पदंशको औषधि अब नेपालमै

नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हर्टअट्याक हुने ८ कारण र १५ जोगिने तरिका

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल्दो छ भने तपाई हर्टअट्याकको जोखिममा हुनुहुन्छ।

के कारणले बढ्छ बालबालिकामा अदूरदृष्टि ?

हालै प्रकाशित तथ्यांक अनुसार विश्वमा परावर्तनीय दोष हुने मान्छेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। तीमध्ये अधिकांशमा अदूरदृष्टि (म्योपिया) छ। अस्ट्रेलियाका वैज्ञानिकहरुले गरेको आँकलन अनुसार सन् २०५० सम्ममा विश्वका ५० प्रतिशत मानिसमा अदूरदृष्टि हुने सम्भावना छ।

हालै प्रकाशित तथ्यांक अनुसार विश्वमा परावर्तनीय दोष हुने मान्छेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। तीमध्ये अधिकांशमा अदूरदृष्टि (म्योपिया) छ। अस्ट्रेलियाका वैज्ञानिकहरुले गरेको आँकलन अनुसार सन् २०५० सम्ममा विश्वका ५० प्रतिशत मानिसमा अदूरदृष्टि हुने सम्भावना छ।

एचआइभीको शंका भए अाैषधि निःशुल्क

अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ । सरकारले एचआइभी संक्रमण भएको प्रमाणित भएका व्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो । तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका व्यक्तिले पनि औषधि खान पाउने व्यवस्था सुरु भएको हालै मात्रै हो।

जाडो याममा सुत्केरी हुदा यस्तो छ फाइदा

 
एजेन्सी– जाडो याममा सुत्केरी हुदा डिप्रेसन कम हुने एक अध्ययनले  देखाएको छ । सुत्केरी भएपछिको मानसिक तनाव (पोष्टपार्टम डिप्रेसन) हुन नदिन जाडो याममा बच्चा पाउन उचित हुने एक अध्ययनले देखाएको हो ।