अर्थतन्त्र

तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक

बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछी नेपाल राष्ट्र बैंकले शुक्रबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।  राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो ।

-विश्व न्यूज संबाददाता

हस्तकला मेला आजबाट राजधानीमा सुरु हुँदै

१५ औ हस्तकला व्यापार मेला तथा १३ औं हस्तकला प्रतियोगिता आज मंसीर १ गतेदेखि काठमाडौँ भृकुटीमण्डपमा सुरु हुदै छ । राष्ट्रपति विद्या भण्डारीले उदघाटन गर्ने उक्त मेलामा २ सय भन्दा बढि स्टल रहनेछन ।

-विश्व न्यूज संबाददाता

स्वदेशी खपत बढेकाले कफी निर्यातमा कमि

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार,आर्थिक बर्ष २०७३/७४ मा ५ करोड ४ लाख बराबरको ९९ मेट्रिक टन कफी आयात भएको छ भने ८ करोड ४५ लाख बराबरको ९५ मेट्रिक टन कफि निर्यात भएको छ । कफी रोपणको क्षेत्रफल र उत्पादन तुलनात्मक रुपमा बढेपनि लक्ष्य अनुसारको उत्पादनमा वृद्धि हुन नसकेको कफी विकास बोर्डले नै स्वीकार गर्दै आएको छ ।

-विश्व न्यूज संबाददाता

लगातार ३ दिन बढ्दैमा बुल्लिश ट्रेन्ड समातेको होइन, संयमित तवरले लगानी गरौ !

नेप्से लगातार १३ अंक झरे पछि यस साताको पहिलो दिनदेखि दोहोरो अंकले बढी रहेको छ । कुनै पनि बजारले माथि चढ्ने गति लिएको अथवा तल झर्ने गति लिएको भनेर कुनै १ दिन २ दिन वा ३ दिनले देखाउदैन अझ नेपाल जस्तो भर्खर बामे सर्दै गरेको बजारमा त्यो पटक्कै लागु हुदैन ।

-Krishna Prasad Bhattarai

दक्षिण एशियाली आर्थिक सम्मेलन काठमाडौमा

दशौँ दक्षिण एशियाली आर्थिक सम्मेलन काठमाडौमा आज देखि हुने भएको छ । राष्ट्रिय योजना आयोगले पत्रकार सम्मेलन गर्दै दक्षिण एशियाली आर्थिक सम्मेलन हुने भएको जानकारी दिएको छ । नेपाल लगायत दक्षिण एसियाका मुलुकहरुको आर्थिक सामाजिक विकासमा देखिएका समस्या बारे छलफल गर्न यो सम्मेलन हुन लागेको हो 

-विश्व न्यूज संबाददाता

साताको दोस्रो दिन नेप्सेमा दोहोरो अंकको वृद्धि

साताको दोश्रो दिन सोमबार पनि बजार सकारात्मक रहेको छ । लगातार तेह्रौं दिनसम्म घटेर आइतबार १६ अंकले उकालो लागेको बजार सोमबार पनि सोही बाटो समातेको छ । सोमबार बजार १३ दशमलव ७४ अंकले बढेर एक हजार ४ सय ९० दशमलव ८८ अंकका पुगेर बजार बन्द भएको छ ।

-विश्व न्यूज संबाददाता

लगानी जुटाउन अरुण तेस्रो र माथिल्लो कर्णालीको म्याद थप

अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउन सरकारले ६ महिनाको समय थप गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको सोमबारको बैठकले मुलुकका २ ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटाउन ६ महिना समय थप गर्ने निर्णय गरेको हो ।

-विश्व न्यूज संबाददाता

सुन तस्कर छुटे, चालक भने जेलमा

काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो । तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार गराउने गर्थे ।

-विश्व न्यूज संबाददाता

ग्लोबल आईएमई बैंक मुलुक बाहिर विस्तार हुँदै

ग्लोबल आईएमई बैंकले लन्डनमा पनि बैकिङ सेवा सुरु गर्ने भएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले लन्डनमा पनि बैंकिङ कारोबार सुरु गर्न लागिएको जानकारी दिएका छन् । बैंकले विहिबार काठमाडौंमा आफ्नो स्थापनाको ११औ  वार्षिक उत्सवको अवसर पारेर ७ वटै प्रदेशमा रहेका शाखाहरुको सेवालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि जनाएको छ ।

-samir

सब्जीको भाउ आकासिंदै, किसान समस्या झेल्दै

पछिल्लो बजार भाउलाई केलाउने हो भने नेपालका कृषक जो तरकारी बाली लगाइरहेका छन्, उनीहरु निकै मालामाल होलान भनेर र कतिको मन त तरकारी खेति तर्फ मोडी सकेको पनि होला । तर वास्तविकता त्यस्तो छैन । मकवानपुरका कृषकहरुले आयआर्जन गर्न सक्ने खालका कार्यक्रमलाई निरन्तरता दिन सरकारसँग माग गरेका छन ।

-Krishna Prasad Bhattarai

उद्योगीहरु भन्छन ‘विदेशमा लगानी गर्न पाउँ’

उद्योगी-व्यवसायीहरुले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन खारेज गर्न सरकारसँग माग गरेका छन । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योगी÷व्यवसायीहरुले अन्तःशुल्क ऐन व्यवसायीहरुको हितमा नरहेको भन्दै तत्काल परिमार्जन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

-Krishna Prasad Bhattarai

धरहरा पुनर्निर्माणबाट टेलिकमले हात झिक्यो

मुलुककै पहिचान दिलाउने सम्पदाहरु निर्माणमा ढिलाई भई रहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव गरेको छ । नेपाल टेलिकमले लगानी उठ्ने ग्यारेन्टी हुने गरी व्यवसायिक क्षेत्र नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निकायमार्फत नै बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ ।

-Krishna Prasad Bhattarai

सबै उपपरिसुचक तल झर्दा, कारोबार रकम स्थिर रह्यो

कार्तिक २१ । मंगलबार पनि नेप्से परिसुचक नकारात्मक नै रह्यो । बजार शुरुवातमा सामान्य उकालो लागे पनि  करिब ३० मिनेट नपुग्दै पुन ओरालो यात्रा तय गर्दै  बजार बन्द हुने समयसम्म आईपुग्दा ८ दशमलव ९७ अंकले घटेर एक हजार ४ सय ८४ दशमलव ४५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

-Krishna Prasad Bhattarai

अलैँचीको भाउ दशकयताकै कम

म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) रु २५ हजारको दरले खरिद गरे। अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रएका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन्। 

-jagdish

सेयर बजारमा १३ वर्षपछि लघुवित्त कम्पनीहरुलाई अलग्याइँदै

लघुवित्तको अलग्गै समूह बनाउने तयारी

-samir