Home / News / प्रवास / अलास्कामा ल्होछार सम्पन्न

अलास्कामा ल्होछार सम्पन्न

अलास्का । नेपाली समाज अलास्का, अमेरिकाले ल्होछार (ल्होसार) पर्व अलास्कास्थित एसिएन कल्चरल सेन्टरमा भव्यसाथ सम्पन्न गरेको छ । गत जनवरी ९, शनिबार समाजका ज्येष्ठ नागरिक सोमवती तामाङले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रममा तामाङ र गुरुङ पोशाकमा सजिएर नाचगान, कविता वाचनसमेत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष सागर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार प्रविन केसी र विशेष अतिथिमा रक्तदाता अर्जुनप्रसाद मैनाली थिए । राज गुरुङ, शुभ पाण्डे र लिसा तामाङले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार जीत तामाङ, प्रविन केसी र भुटानी समाजका रघु मिश्रले सम्बोधन गरेका थिए । रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको कार्यक्रममा सागर तामाङ, सुभाष लिम्बु, प्रवीण केसी, हर्क गुरुङ, जीत तामाङ, सरोज भट्टराई, सुभ पाण्डे र अर्जुनप्रसाद मैनालीले रक्तदान गरेका थिए । कार्यक्रमको अन्त्यमा रक्तदाता र नाचगानमा सहभागी तथा स्वयम्सेवकलाई कार्यक्रम सभापति तामाङ र विशेष अतिथि मैनालीले प्रशंसापत्र प्रदान गरेका थिए ।

Check Also

एनआरएनएको छैटौँ सम्मेलनबाट भट्ट विजयी, अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी

असोज ३१ । गैर आवासीय नेपाली संघ अन्तराष्टि«य समन्वय परिषद्को आठौ विश्व सम्मेलन सकिएको छ …