Home / News / प्रवास / लस एन्जल्समा नेवाः अर्गनाइजेशनको रक्तदान

लस एन्जल्समा नेवाः अर्गनाइजेशनको रक्तदान

लस एन्जल्स । नेवाः अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले श्री पशुपतीनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ५८ जना रक्तदान गर्न उपस्थित भएकोमा ३१ जना मात्र सफल भएका थिए । विगत तीन वर्षदेखि हरेक तीन–तीन महिनामा रक्तदान गर्दै आइरहेको संस्थाले पछिल्लो पटक २० सेप्टेम्बर २०१५ मा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

‘आफ्नो संस्कृति संरक्षणका साथमा विविध सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छौं र आगामी दिनमा समेत सबैको सहयोग र सद्भावमा रक्तदान, म्हपूजा जस्ता कार्यक्रम गर्दै जानेछौं’, संस्थाका अध्यक्ष दुर्गा श्रेष्ठले बताए । अमेरिकी नियमअनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एक वर्ष अमेरिका बाहिर नगएको हुनुपर्दछ ।

Check Also

एनआरएनएको छैटौँ सम्मेलनबाट भट्ट विजयी, अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी

असोज ३१ । गैर आवासीय नेपाली संघ अन्तराष्टि«य समन्वय परिषद्को आठौ विश्व सम्मेलन सकिएको छ …