Home / News / खेलकुद / बधाई छ नेपाल, १७ वर्षपछि इतिहास पछ्याएकोमा !

बधाई छ नेपाल, १७ वर्षपछि इतिहास पछ्याएकोमा !

 
फागुन २ । नेपालले माल्दिभ्समाथि ऐतिहासिक जित हात पारेको छ । नवयुग श्रेष्ठको हृयाट्किसँगै नेपालले यो जित हात पार्दा १७ वर्ष अघिको इतिहास पछ्याएको छ । नेपालले दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा प्रवेश गरेको यो १७ वर्षपछि पहिलो हो ।

माल्दिभ्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै गरेको हो । फाइनलमा नेपालको भिडन्त भारतसँग हुनेछ । शनिबार इन्दिरा गान्धी स्टेडियममा माल्दिभ्सको यू–२३ टिमललाई ४–३ ले हराउँदै दुई पटकको स्वर्ण पदक विजेता नेपाल यू–२३ टिम फाइनलमा प्रवेश गरेको छ । खेलमा नवयुग श्रेष्ठले हृयाट्रिक गरे ।

यसैगरी दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। भारतको सिलोङस्थित नेहरु रंगशालामा शनिवार भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

Check Also

एसीसी यु–१९ एसिया कप छनोटको खेलमा नेपाल र सिंगापुर भिड्दै

भदौ २९ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा …