Home / Uncategorized / कांग्रेस दार्चुलामा बोहरा

कांग्रेस दार्चुलामा बोहरा

फागुन ११, काठमाडौं । नेपाली कांग्रेस दार्चुलामा ललितसिंह बोहरा सभापतिमा निर्वाचित भएका छन् । २ सय ४७ मत प्राप्त गरी बोहरा सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका लागि छ जना प्रतिस्पर्धी रहेको दार्चुला कांग्रेसमा कुल ४ सय १४ मतमध्ये ४ सय ९ मत खसेका थिए ।

त्यसैगरी अन्य उम्मेदवारहरू मदन गिरी ५० मत, नरेन्द्रसिंह धामी ४५, गोपालदत्त जोशी ३२, महादेव बडु १८ र गौरीशंकर गिरीले १२ मत प्राप्त गरेका छन् । दार्चुला कांग्रेस पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुको गृह जिल्ला हो ।

Check Also

छोरीलाई मेयर जिताएपछि प्रचण्डले भने– ‘चितवनबाट चुनाव लड्छु’

भदौ २३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार …