स्वास्थ्य

कपिलवस्तुमा भेटिए थप १० संक्रमित, देशभर १ सय २० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित बिरामीको संख्या १२० पुगेको छ । सोमबार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का रहेका छन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुष छन् ।

एक जना पुरुषको उमेर खुलेको छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले सबै बिरामी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी गराएका छन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । उनीहरुमा कसरी कोरोना सरेको हो भन्नेबारे भने अनुसन्धान जारी रहेको बताइएको छ ।

कपिलवस्तुमा भारतबाट लुकिछिपी प्रवेश गरेका नागरिकमा यसअघि कोरोना देखिएको थियो ।