Home / News / प्रवास / युकेआरओ न्यु इंगल्याण्ड लोकल च्याप्टरमा मुक्ति राई

युकेआरओ न्यु इंगल्याण्ड लोकल च्याप्टरमा मुक्ति राई

बोस्टन । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युकेआरओ) न्यु इंगल्याण्ड लोकल च्याप्टरले मार्च ५ का दिन बोस्टनमा मुक्ति राईको अध्यक्षतामा ९ नयाँ कार्यसमिति चयन गर्र्दै सातौं साधारणसभा सम्पन्न गरेको छ । अधिवेशनले कार्यसमितिमा उपाध्यक्ष अनिता राई, महासचिव शेखर राई, सचिव चन्द्र राई, कोषाध्यक्ष राजन कुथुमी राई र सदस्यहरुमा कर्णबहादुर राई, रामबहादुर राई, सचिन राई, युवराज राईलाई चयन गरेको हो ।

साधारणसभाको उद्घाटन अर्गनाइजेशनका सल्लाहकार तथा एनआरएन युएसएका पूर्वसभापति शिवकुमार राईले गरेका थिए भने सल्लाहकार सुरेश चाम्लिङले साधारणसभाको औचित्यमाथि प्रकाश पारेका थिए । सल्लाहकार धौलबीर राईले संस्थाको आर्थिक गतिविधिमाथि प्रकाश पारेका थिए भने निवर्तमान सभापति विष्णु राईले अर्गनाइजेसनको कार्य प्रगति र आगामी कार्ययोजनाबारे उल्लेख गरेका थिए ।

Check Also

एनआरएनएको छैटौँ सम्मेलनबाट भट्ट विजयी, अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी

असोज ३१ । गैर आवासीय नेपाली संघ अन्तराष्टि«य समन्वय परिषद्को आठौ विश्व सम्मेलन सकिएको छ …