समाचार

नेपालमा कोरानाबाट निको हुनेको संख्या २०६

फाइलफोटो

काठमाडौं । नेपालमा कोरोना संक्रमण संक्रमणपछि निको हुने बिरामीको संख्या २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म २०६ जनाले कोरोनालाई जित्न सफल भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पुरुष १६२ जना र महिला ४४ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

पछिल्लो पटक १९ जना निको भइसकेका छन् । शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट २ जना, पाटन अस्पतालबाट ७ जना, सशस्त्र प्रहरीको अस्पताल बलम्बुबाट २ जना निको भएर घर फर्किएको मन्त्रालयको तथ्यांक छ । दाङको बेलझुण्डीस्थित कोरोनाा विशेष अस्पतालबा निको भएर ८ जना घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या भने ६ पुगेको छ। पछिल्लो पटक ज्यान गुमाउनेमा अर्घाखाँचीका ३५ वर्षीय पुरुष रहेका छन्।

यसअघि सिन्धुपाल्चोक, गुल्मी, बाँकेसहितमा कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। नेपालमा संक्रमितको संख्या भने १२ सय नाघेको छ । अहिले हरेक दिन सर्वाधिक संख्यामा नयाँ संक्रमण बढिरहेको छ । भारतबाट मानिसहरु आउन थालेको र नेपालमा समेत समुदायस्तरमा कोरोना फैलिएका कारण संक्रमण बिस्तार भएको हो ।