स्वास्थ्य

नेपालमा २४ घण्टामा थपिए १८९ बिरामी, १४ सय नाघ्यो संक्रमित

काठमाडौं । नेपालमा २४ घण्टा भित्र कोरोना भाइरसका थप १८९ जना नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालामा भएको परीक्षणमा संक्रमितको संख्या थप भएको हो ।

मन्त्रालयका अनुसार यस अवधिमा एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको हो । यो नेपालमा अहिलेसम्मकै ठूलो आंकडामा संख्या थपिएको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।