Home / News / समाचार / ल्हारक्याल लामा धरौटीमा रिहा भए लगत्तै ठगी काण्डमा पक्राउ

ल्हारक्याल लामा धरौटीमा रिहा भए लगत्तै ठगी काण्डमा पक्राउ

चैत ८। एमाओवादी पुर्व सांसद ल्हारक्याल लामा धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन् । लकरमा राखेको १४ राउण्ड गोलीसहित पक्राउ परेका उनी  जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६६ हजार ७ सय रुपैयाँ धरौटी माग गरेपछि छुटेको केही बेरमै  पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारीका नाममा ठगी गरेको उजुरी परेकाले लामालाई वैदेशिक रोजगार विभागमा लगेको प्रहरीले जनाएको । उनीमाथी यस अघि नै वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोप लागेको थियो ।  विभागले लामासँग केही कुरा बुझ्नु पर्ने भएकाले उपस्थित गराउन पत्राचार गरेकाले विभाग पठाएको महानगरिय प्रहरी परिसरका एसपी प्रधुम्न कार्कीले बताए ।

Check Also

उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण

कात्तिक ५ । पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *