Home / News / प्रवास / फागुले रंगियो कुइन्स

फागुले रंगियो कुइन्स

 

न्यूयोर्क । रंगहरुकोholi ny 2 पर्व फागुको अवसरमा न्यूयोर्कस्थित नेपाली समुदायमा पनि नाचगान गर्दै सामूहिकरुपमा फागु मनाइएको छ । तराई मूलका नेपालीहरुको अमेरिकी प्रवास संगठन एसोसिएसन अफ नेप्लिज तराइन इन अमेरिका (एण्टा)को न्यूयोर्क च्याप्टरले उक्त सामूहिक फागुन कार्यक्रम मनाएको हो ।

न्यूयोर्कस्थित नेपाली नियोग प्रमुख नारायणप्रसाद मैनालीको प्रमुख आतिथ्यमा कुइन्सस्थित गुल्सन टेरेसको हलमा खचाखच भरिएको प्रवासी नेपालीहरुले रंगले पोतिएर फागु मनाएका थिए । साँझको सुरुवातदेखि फागुको रंग चढेको आण्टाको कोही हंगामा कार्यक्रममा न्यूयोर्कस्थित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसमेत थियो ।

गत मार्च १९ ताholi nyरिख शनिबार साँझको केही घण्टा न्यूयोर्कका
प्रवासी नेपालीहरुले आफूलाई न्यूयोर्क कुइन्सको गुल्सन टेरेसको हलभित्रबाट
भुलाएर नेपालभित्र डो¥याएका थिए । कार्यक्रममा न्यूयोर्क कम्ट्रोलर अफिसकी अलिया ललिफ, संयुक्त राष्ट्रसंघ मुख्यालयका अडिटर नवल यादवलगायत झण्डै आधा दर्जन विशेष अतिथिलाई समेत कार्यक्रममा निम्त्याइएको थियो । कार्यक्रम आण्टा न्यूयोर्क च्याप्टर अध्यक्ष अरबिन्द सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।

Check Also

एनआरएनएको छैटौँ सम्मेलनबाट भट्ट विजयी, अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी

असोज ३१ । गैर आवासीय नेपाली संघ अन्तराष्टि«य समन्वय परिषद्को आठौ विश्व सम्मेलन सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *