स्वास्थ्य

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट पर्साका एक पुरुष र मोरङका महिलाको मृत्यु भएको हो ।

यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा ८१ जना पुरुष छन् भने २३ जना महिला छन्।

गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ ।

यस्तै गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी १ सय ४ जनाको मृत्यु भएको छ ।