फिचर

राष्ट्रपति निर्वाचन : बाइडेनको अग्रता कायमै

October 14, 2020, under clear skies, voters went to a number of locations throughout Fairfax County to cast their ballots early.

काठमाडौं । अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । कुल ५० मध्ये अहिलेसम्म ४३ राज्यको नतिजा आइसकेको छ । मतगणनामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको अग्रता भने कायमै रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ । बाइडेन भने जित नजिक पुगेको तथ्यांकले देखाएको छ । उनले अमेरिकी निर्वाचनको इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामाको रेकर्ड तोडेका छन् ।

सन् २००८ मा बाराक ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत पाउँदा त्यो इतिहासकै सर्वाधिक थियो । बाइडेनले भने ७ करोड २७ लाखभन्दा बढी मत कटाइसकेका छन् । अझै केही राज्यमा मत गणना जारी छ ।


राष्ट्रपतिका लागि २ सय ७० इलेक्टोरल मतमा चाहिन्छ । यसबाट बाइडेन ६ मतले मात्रै पछि छन् । पछिल्लो तथ्यांकमा बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गरेका छन् ।