समाचार

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार हजार ३३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७ जना निको भइ घर फर्केका छन्। यो सँगै नेपालमा एक लाख ६८ हजार १२९ जना संक्रमित उपचारपछि निको भएका छन्।

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाम ४, उदयपुरमा ७, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ५६, ताप्लेजुङमा १, तेह्रथुममा ५, धनकुटामा ३, पाँचथरमा ४, भोजपुरमा ४, मोरङमा १०८, सोलुखुम्बुमा ३ र सुनसरीमा १०८ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १५, पर्सामा ७, बारामा २, महोत्तरीमा ७, रौतहटमा ३, सप्तरीमा १६, सर्लाहीमा ६ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ९ सय १९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४०, चितवनमा १४, दोलखामा ७, धादिङमा १७, नुवाकोटमा १७, भक्तपुरमा १०८, मकवानपुरमा २५, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १८०, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा ५, तनहुँमा ४, नवलपरासी पूर्वमा ४७, पर्वतमा ३, माग्दीमा २, लमजुङमा २, वागलुङमा ६ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको कपिलवस्तुमा ५, गुल्मीमा ६, दाङमा ८, नलवपरासीमा ७, पाल्पामा १९, प्यूठानमा ४, बर्दियामा २५, बाँकेमा ३३, रोल्पामा ७ र रुपन्देहीमा ४० जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा १, सल्यानमा २ र सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिमको हुम्लामा १, अछाममा १, कञ्चनपुरमा ११, कैलालीमा ४१, डोटी ९, दार्चुलामा ३, बझाङमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।