समाचार

एमालेभित्र केपी ओलीको पेलाईमा परेको नेपाल-खनाल समुहले समानान्तर कमिटी बनाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकलौटी पदाधिकारी खारेज गर्ने र माधव कुमार नेपाल तथा झलनाथ खनाल पक्षका नेताको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल-खनाल समुह आक्रामक बन्ने भएको छ । उक्त समुहले एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।

आज ओली पक्षीय नेताहरु मात्र बसेर गरेको निर्णय लगत्तै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्म्कि केन्द्रिय कमिटीका नेताहरुको बैठक डाकेको थियो । उक्त बैठकले नै समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

शनिबार समानान्तर कमिटी जिल्ला तहबाटै बनाउने निर्णय समुहले गरेको छ । जुन स्थानमा आफ्नो समुहको नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुने बताइएको छ । यसलाई समुहले पार्टी पुनर्संरचना अभियान भनेको छ ।

ओलीले पार्टीलाई बिसर्जनतिर लगेको निष्कर्ष निकाल्दै आक्रामक रुपमा जाने तयारी एमालेको अर्को समुहले गरेको हो । समानान्तर कमिटीको घोषणा चैत ४ मा गरिने भएको छ ।