Home / News / प्रवास / मरिचमानलाई सम्झियो न्यूयोर्कमा

मरिचमानलाई सम्झियो न्यूयोर्कमा

ज्याक्सन हाइटस्थित स्थानीय ओम शक्ति मन्दिरमा सम्पन्न पुण्य तिथि कार्यक्रमका अधिकांश वक्ताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारले पूर्वप्रधानमन्त्री श्रेष्ठप्रति भेदभावपूर्ण नीति अवलम्बन गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । पूर्वप्रधानमन्त्री श्रेष्ठ इमानदार र राष्ट्रवादी भएको उनीहरुको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सक्रिय सदस्य मीना श्रेष्ठको सभापतित्वमा सम्पन्न स्मृति सभामा राप्रपाको प्रवास संगठन ‘प्रवासी नेपाली एकता समाज अमेरिका’का अध्यक्ष विदुर विष्ट, कमल पाण्डे, सुवास अधिकारीलगायतका वक्ताले श्रेष्ठको बारेमा चर्चा गरेका थिए ।

 

Check Also

एनआरएनएको छैटौँ सम्मेलनबाट भट्ट विजयी, अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी

असोज ३१ । गैर आवासीय नेपाली संघ अन्तराष्टि«य समन्वय परिषद्को आठौ विश्व सम्मेलन सकिएको छ …