समाचार

बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण सहकारी संस्थाहरूका सेवा स्थगित


अमृता के सी ( रोनी )
काठमाडौँ, बैशाख ३१ ।बूढानीलकण्ठ नगरपालिकाले बैशाख ३१ गते देखि नगरभित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरूले कार्यालय मार्फत दिने सेवा प्रवाहलाइ स्थगित गर्न सूचना प्रकाशित गरेको छ ।अत्यावश्यक अवस्थामा प्रविधिकाे माध्यमबाट नभए सम्पर्क व्यक्ति ताेकि बैकल्पिक रूपमा वित्तिय सेवा प्रवाह गर्न नगरपालिकाले जानकारी गराएको छ।

भौतिक उपस्थिती बिना अधिकतम प्रबिधीको प्रयाेग गरि संस्थाका सदस्यहरूमा महामारी संक्रमण राेकथाममा लागि पर्न समेत नगरपालिकाले भनेको छ । आवश्यक स्वास्थ्य मापदण्डकाे र निषेधाज्ञाकाे पालना गर्नका सचेतना फैलाउनका साथै, सदस्यहरू सँग नियमित सम्पर्कमा रहि उनीहरूलाई परेकाे समस्या बारे जानकारी लिइ नगरपालिका सँग समन्वय गरी सदस्य तथा समुदायकाे स्वास्थ्य सेवामा सहजीकरण गर्न नगरको सम्पूर्ण सहकारी संस्थाहरूलाई प्रकाशित सूचनामा भनिएको छ ।

उक्त सूचनामा निषेधाज्ञा अवधिभर घर दैलाैमा गइ बचत संकलन गर्ने कार्य हाललाइ पूर्ण रूपमा स्थगन गर्न भनिएको छ । गैर वित्तय सेवा प्रवाह गर्ने सहकारी संघ संस्थाहरूले (खाद्यान्न, तरकारी, दुध) आदि भाैतिक दुरी तथा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरि सुरूक्षित रूपमा वस्तु तथा सेवा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।