विज्ञान प्रविधि

ओमानबाट आयो ५६० सिलिण्डर अक्सिजन, बेइजिङबाट आज ४ सय सिलिण्डर ल्याईंदै

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याएर शनिबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो । यी अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगमा प्राप्त भएको हो ।

यो जहाज राति नै चीनको राजधानी बेइजिङ उडेको छ । त्यहाँ चीन सरकारले अनुदानमा दिएका ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिएर जहाज आइतबार अपरान्ह काठमाडौं अवतरण गर्ने छ । यो सँगै विदेशबाट मात्र करीव १४ सय हाराहारी सिलिण्डर थप भएको छ । अब नेपाल वायुसेवा निगमको वाइडबी जहाज हरेक दिन बेइजिङ उड्ने र त्यहाँबाट मेडिकल सामग्री ल्याउने तयारी छ । यसले केही दिनमै नेपालमा सिलिण्डरको चरम अभाव कम हुने अपेक्षा गरिएको छ ।