स्वास्थ्य

बाढीले एम्बुलेन्स बगाउँदा बिरामीको मृत्यु, अन्य भाग्न सफल

कास्की । कास्कीमा खहरे खोलाको बाढीले एम्बुलेन्स बगाउँदा एक जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका–९ मुग्रीबेंसीका ८३ वर्षीया गोमा अधिकारीको एम्बुलेन्स बगेपछि भएको दुर्घटनामा ज्यान गएको हो । गाउँपालिकाबाट उपचारका लागि एम्बुलेन्समा राखेर पोखरा ल्याउँदै गर्दा बाटोमा पर्ने खहरे खोलाले एम्बुलेन्सलाई बगाएको थियो ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरूङ ‘श्याम’लाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार एम्बुलेन्स चालक सुवास अधिकारी र बिरामीका आफन्तले भने भागेर ज्यान जोगाएका छन् । बिरामीलाई एम्बुलेन्सबाट निकाल्दानिकाल्दै बगेको बताइएको छ । यो निर्माणधीन मध्यपहाडी लोकमार्गमा भएको घटना हो ।