समाचार

इटली र स्पेन यूरोकपको सेमिफाइनलमा

काठमाडौं । जारी विश्वकपमा प्रभावशाली प्रदर्शन गरिरहेको इटली र स्पेन सेमिफाइनल प्रवेश गरेका छन् । इटलीले विश्व नम्बर वान टिम बेल्जियमलाई हरायो । स्पेनले भने स्विट्जरल्याण्डमाथि पेनाल्टी सुटआउटबाट नतिजा आफ्नो पक्षमा पार्यो । दुबै खेल गएराति सम्पन्न भए । इटलीले बेल्जियमलाई २-१ ले हराएको हो । इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकुले एक गोल फर्काए ।

इटलीको सेमिफाइनल भिडन्त भने स्पेनसँग हुनेछ । उता, स्पेनले क्वाटरफाइनलमा १० खेलाडी समेटिएको स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएको हो । स्पेनका गोलकिपर उनाई सिमोनले दुई प्रहार रोके । स्वीस गोलकिपर यान सोमेरले एक पेनाल्टी रोके । तर, तीन स्वीस खेलाडी गोल गर्न असफल भए । निर्धारित ९० मिनेटमा १, १ को बराबरी भएको हो । थपिएको ३० मिनेटमा गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।