फिचर

पेट्रोलियम पदार्थको भाउ पुनः बढ्यो

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य आज राती १२ बजेबाटै लागु हुने छ । निगमले दुई सातामा दोस्रो पटक मूल्य बढाएको हो । यसअघि १० असारमा मूल्य बढेको थियो । अब पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँले बढेर १२९ रुपैयाँ कायम भएको छ ।डिजेल र मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ बढेर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढेर ७४५ डलर पुगेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले बढेको छ । अब ग्यास प्रतिसिलण्डर १४ सय २५ रुपैयाँ पुगेको छ । यति मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक करीव साढे एक अर्ब रुपैयाँ घाटा हुने निगमको भनाई छ ।