विश्व

अफगानिस्तानमा सेना प्रमुख हटाइए, तालिवानले जेल कब्जा गरि सयौंलाई भगायो

GETTY IMAGES\BBC

काबुल । अफगानिस्तानमा करीव एक दर्जन प्रान्तमा विजयी हाँसिल गरेको तालिवान विद्रोहीले दोस्रो ठूलो सहर कान्दहारको एउटा जेलमा आफ्नो कब्जामा जमाएको छ । तालिवानले सयौँ कैदीलाई रिहा समेत गरेको छ । एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको समयमा असफल नेतृत्व गरेको भन्दै अफगानिस्तानका सेनापति भने बर्खास्तीमा परेका छन् । तालिबानले उक्त जेललाई आफूले नियन्त्रणमा लिएको बताए पनि हालसम्म त्यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार देशको दक्षिणी भागमा अवस्थित उक्त सहरका गल्ली गल्लीमा लडाइँ जारी छ। बढ्दो हिंसाका बीच बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुखलाई बर्खास्त गरेको हो । अहिलेसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीलाई नियन्त्रणमा लिइसकेको छ । तालिबानले अब दोस्रो ठूलो शहर कान्दहारमा कब्जा जमाउने प्रयास गरिरहेको छ । तालिबानको कब्जा बढ्दै गएपछि बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो ।