विश्व

हामी जनताको सुरक्षा गर्छौं, विदेशीले देश छाड्न सक्छन् : तालिबान

File Photo : REUTERS\Aljazeera

काबुल । अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिबारे तालिबानको तर्फबाट औपचारिक विज्ञप्ती सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार तालिबानको तर्फबाट जारी बयानमा अब काबुल उनीहरुको कब्जामा आएको उल्लेख छ । उनीहरुले मुलुकमा शान्ती स्थापनाका लागि काबुलमा छिरेको समेत बताएका छन् । अधिकारिक रुपमा काबुल छिरेको जानकारी गराउँदै ताबिलानले काबुलको शान्ती सुरक्षामा कुनै असर नगर्ने बताएको हो ।

तालिबान काबुलमा छिरेको खबरसँगै शहरमा लुटपाटको खबर समेत सार्वजनिक भएको छ । यो अराजकता अब तालिबानका लडाकुले नियन्त्रण गर्ने समेत बयानमा उल्लेख छ । तालिबानले आफ्ना लडाकुलाई समेत अराजकता नियन्त्रण गर्न र जनताको सुरक्षा गर्न भनिएको छ । कसैको घरमा नछिर्न र दुख नदिन समेत तालिबानले लडाकुसँग आह्वान गरेको छ । तालिबानले अफगानिस्तान छाड्न चाहले विदेशी नागरिकले शान्तीपूर्ण रुपमा देश छाड्न सक्ने समेत बताएको छ । सोही अनुसार मुलुकहरुले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् ।