फिचर

आज नेपाल र भारतबीच पहिलो मैत्रिपूर्ण फुटबल

काठमाडौं । आज नेपाल र भारतबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । चार वर्षपछि नेपाल र भारतबीच अन्तर्राष्ट्रियमा भिड्न लागेका हुन् । आगामी असोजमा नेपाल र भारत दुबै मुलुकले माल्दिभ्समा साफ च्याम्पियनसिप खेल्दैछन् । सो प्रतियोगिताको तयारीस्वरुप आजको खेल हुन लागेको हो । अर्को खेल आगामी शनिबार हुनेछ ।

पहिलो खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनमा हेर्न पाइन्छ । नेपालका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेलमार्फत घरेलु मैदानमा डेब्यु गर्दैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले पाँच हजार १०० दर्शकलाई प्रवेश दिने अनुमति नेपाल सरकार र सीसीएमसीबाट पाएको छ ।