समाचार

गोकर्णको शंखडोलमा शंखको प्रतिमा निर्माण हुने

काठमाडौं, भाद्र १७। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोल स्थित भगवती स्थानमा शंख मुर्ति निर्माणको लागि शिलान्यास गरिएको छ । नगर प्रमुख सन्तोष चालिसेले भगवतीस्थान चोकमा सोमबार एक कार्यक्रम बिच शंख निर्माणको लागि भुमिपुजन सहित शिलान्यास गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले शंखडोल नामको जगेर्ना गर्ने उदेश्य सहित शंखको मुर्ति निर्माण गरिन लागेको बताउदै गुणस्तरीय रुपमा समयमा नै निर्माण गर्न अनुरोध गरेका थिए।करिब १५ लाखको लागतमा निर्माण हुने उक्त मुर्तिको लागि हाललाई वडाले ५ लाख विनियोजन गरेको शंख पार्क उपभोक्ता समितिको अध्यक्ष अश्मिता श्रेष्ठले बताइन् ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपाल ,गो.न.पा. प्रमुख सल्लाहकार दिपक रिसाल, गो.न.पा. नं ९ का वडा अध्यक्ष राजिब थापा , गो.न.पा. वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, गो.न.पा.वडा नं ९ को वडा सदस्य सत्यभामा श्रेष्ठ, हरिकृष्ण करन्जित, गमला परियार, गो.न.पा. वडा नं ४ का वडा सदस्य बालकृष्ण श्रेष्ठ शंखडोल कराते एकेडेमी प्रमुख प्रशिक्षक शिबराम करन्जित, महानगरीय प्रहरी प्रभाग गोकर्ण प्रहरी प्रमुख नायब निरीक्षक रामजी घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि सहित स्थानियको उपस्थिति रहेको थियो।