फिचर

त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका प्रतिस्पर्धामा उत्रदैं छन् । यो सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् । त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजबाट नै शुरु हुने छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे नेपाल र अमेरिकाबीच खेल शुरु हुने छ । सिरिज अगाडी नेपालले पपुवा न्युगिनीसँग खेलेको थियो । दुबै खेलमा नेपाल विजयी भएको छ ।

आज मैदानमा उत्रँदा नेपालको मनोबल उच्च हुनेछ । नेपालका बलर सन्दीप लामिछाने अहिले उच्च लयमा छन् । उनले दुई खेलबाट ११ विकेट झारिसकेका छन् । लिगमा नेपाल ४ खेलमा ४ अङ्क जोडर नेपाल छैठौं स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ । नेपालको दोस्रो खेल मंगलबार ओमानसँग हुनेछ । तेस्रो खेल अमेरिकासँग शुक्रवार र आइतवार ओमानसँग हुनेछ ।