फिचर

इजरायल जान भाषा परीक्षा दिएकाको नतिजा आयो, २ हजार उत्तिर्ण

Photo : TOI\ Moshe Shai/Flash90

काठमाडौं । केयरगिभर कामका लागि इजरायल जान भाषा परीक्षा दिएकाहरुको नतिजा आएको छ । अंग्रेजी भाषा परीक्षा दिएका मध्ये दुइ हजार ३९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सात हजार नौ परीक्षार्थी सहभागी भएका थिए। अब उत्तीर्ण भएकाको उचाइ र तौल परीक्षण गरिने भएको छ । यसका लागि भने असोज, १, २ र ३ गते बिहान र दिउँसोको समय निर्धारण गरिएको छ । परीक्षा व्यवसायिक तथा विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा हुनेछ ।

लिखित परीक्षा उत्तीर्ण गरी उचाइ र तौल तोकिएअनुसार हुनेहरूको अन्तर्वार्ता हुने छ । अन्तर्वार्ताको मिती असोज ४ गतेबाट ९ गतेसम्म चल्ने छ । परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने भएका छन् । सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामावाली तयार पार्नेछ । सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटीमा पठाइने भएको छ । यसै सूचिबाट इजरायलले कामदार छान्नेछ ।