Home / News / मनोरञ्जन / पहिलो दिनमै सत्याग्रहले कमायो ११.२१ करोड

पहिलो दिनमै सत्याग्रहले कमायो ११.२१ करोड

 १६ भदौ । बलिउड फिल्म ‘सत्याग्रहले रिलीज भएको पहिलो दिनमानै ११.२१ करोड रुपैयाँ कमाइ गरेको छ ।

अभिनेता एवं निर्माता जोन अब्राहमको हालै प्रर्दशनमा आएको फिल्म ‘मद्रास क्याफेले पहिलो सातामा २० करोड भन्दा धेरै कमाइ गरिसकेको छ । यो फिल्म १० करोड रुपैयाँ भन्दा कम बजेटमा यो फिल्मको निर्माण गरिएको हो ।
अमिताभ बच्चन अभिनित फिल्मले अहिले सम्मकै सबैभन्दा धेरै ओपनिङ बिजनेस गरेको छ । यस अघि सुपरहिट फिल्म राजनीतिले १०.५० करोड कमाइ पहिलो दिनमा गरेको थियो । यस फिल्ममा अमिताभ बच्चन, अजय देवगन, करीना कपूर, अर्जुन रामपाल, मनोज वाजपेई र अमृता राव आदिले अभिनय गरेका छन् ।
फिल्म ५० करोडमा बनेको बताइएको छ ।

Check Also

छक्का पञ्जा २ लाई मंगलम्को काउन्टर

नेपालमा दशैं आएपछि चलचित्र चलाउने एक किसिमको होडबाजी नै चल्ने गर्दछ । विगत पाँच वर्षयता …