समाचार

म्याग्दी बस दूर्घटनामा ४ को ज्यान गयो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार राती बस दूर्घटनामा परेको छ । दूर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् ।

यसै दिन यता सिन्धुपाल्चोकमा समेत बस दूर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए । म्याग्दीमा ग १ ख ४४७६ नम्बरको बस विमको घुम्तीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी विमकी ७० वर्षीया सतदेवी भट्टचन, ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवि जुग्जाली र गुल्मी कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

राती भएको दूर्घटनामा १२ जना गम्भीर घाइते छन् । उनीहरुलाई बेनी अस्पतालमा उपचारार्थ पठाइएको छ । दूर्घटनामा डेढ दर्जन मानिस घाइते भएको प्रहरीको भनाई छ ।