समाचार

अब काठमाडौं महानगरमा नयाँ विद्यालय नखुल्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तत्कालका लागि महानगरभित्र नयाँ विद्यालय सञ्चालनको अनुमति नदिने निर्णय गरेको छ ।

अहिले चलिरहेका विद्यालयको संख्या नै अधिक रहेको र शिक्षाको गुणस्तर बढाउनु पर्ने आवश्यकता रहेको भन्दै महानगरले तत्काल नयाँ विद्यालय स्थापना तथा संचालनको अनुमति नदिने निर्णय गरेको हो ।

अहिले काठमाडौंमा औसतः विद्यार्थी संख्याको आधारमा विद्यालय संख्या धेरै छन् । अझ निजी क्षेत्रको संख्य निरन्तर बढेपछि टोलटोलमा विद्यालय खुलेका छन् । तर, ती विद्यालयको गुणस्तरमा भने निरन्तर प्रश्न उठिरहेको छ ।

काठमाडौं महानगरले ओगट्ने क्षेत्रमा मात्र अहिले ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालन रहेको तथ्यांक महानगरअन्तर्गत शिक्षा विभागसँग रहेको छ ।

१ लाख ६५ हजार विद्यार्थीले यहाँ अध्ययन गर्छन् । विद्यालय संचालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी अब कानूननः स्थानीय तहमा आएको छ ।