समाचार

मन्त्रीपरिषद् पुनर्गठनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन् । बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण लगत्तै प्रधानमन्त्रीले मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् ।

नेकपा स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र अन्य शीर्ष नेताको बीचमा मन्त्रीपरिषद् पुनर्गठनको सहमति भइसकेको छ । सोही अनुसार केही मन्त्रीहरु बाहिरिदै छन् भने नेकपामा प्रभावशाली मानिने नेता सरकारमा सहभागी हुँदैछन् ।

अर्थमन्त्रीलाई यथावत राख्दै भौतिक, खानेपानी, उद्योग, संधीय मामिला, खेलकुदलगायतमा नयाँ मन्त्री पठाउने सम्भावना रहेको छ ।

यस पटक वरिष्ठ नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मालगायत मन्त्री बन्ने चर्चा शुरु भएको छ । प्रधानमन्त्री केपि शर्मा ओली आफ्नो गति अनुसार मन्त्रीहरुले काम गर्न नसकेको भन्दै असन्तुटी रहँदै आएका छन् ।

त्यसो त मन्त्रीहरुको कार्यशैलीले जनताको मन समेत जित्न सकेको छैन । सरकारको चौतर्फी आलोचना भइरहेका समयमा पछिल्लो समय प्रधानमन्त्री भने एक्सनमा देखिन थालेका छन् ।

केही दिन अघि यनले सल्लाहकार मण्डलमा फेरबदलको संकेत दिएका थिए । त्यसअघि उनले प्रदेश प्रमुखहरु नै बदलेका छन् ।