समाचार

तीन आमाछोरीको हत्या आरोपमा दुईजना पक्राउ

कास्की । गुल्मीमा दुई बालिकासहित तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गुल्मी, चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको शव फेला परेको थियो ।

उनीहरुको हत्या भएको प्रहरीको निष्र्का छ । प्रहरीले पोखराको हेम्जाबाट बाग्लुङ गाल्कोट नगरपालिका ८ ज्यामिरेका ४६ वर्षीय पुर्णबहादुर सुनार र त्यही ठाउँमा बस्ने माधव सुनारलाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न एक जना अझै फरार रहेको बताइएको छ । हत्या हुनेमा महिला र उनको २ छोरीको समेत पहिचान खुलेको छ ।

उनीहरु मोरङ, कानेपोखरी ३ हरकपुर घर भई हाल पोखरा उप–महानगरपालिका २५ लामाचौरमा बस्ने ३२ वर्षीय सरिता लिम्बु र उनका जुम्ल्याहा छोरी रहेको खुलेको छ ।

७ वर्षीया छोरीहरु गंगा मगर र जमुना मगरको विभत्स हत्या भएको हो । प्रहरीले तीन आमाछोरीको शव १६ मा जंगलमा फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।