विश्व

भारतीय वायुसेनाको हराइरहेको जहाज दूर्घटना भएको पुष्टी

भारतीय एयरफोर्सको एएन—३२ जहाज दूर्घटनामा परेको पुष्टी भएको छ । १० दिनदेखि गायव वायुसेनाको उक्त जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । जहाजमा एयरफोर्सका १३ कर्मचारी थिए ।

अरुणाञ्चल प्रदेशस्थित लिपो नामक स्थानको जंगलमा भारतीय जहाज खोजी दलले जहाजलाई दूर्घटनाग्रस्त अवस्थामा भेटाएको हो । अब उक्त स्थानसम्म पुग्न थप सुरक्षाकर्मी परिचालन भएको बताइएको छ ।

भारतीय वायुसेनाको यो जहाजले ३ जुनमा आसामको जोरहाटबाट अरुणाञ्चल प्रदेशका लागि उडेको थियो । जहाज मेचुका एडभान्स ल्याण्डिङ ग्राउण्डमा उत्रनु पर्ने थियो । तर, जहाज अवतरण नहुँदै सम्पर्क बिहिन भएको थियो ।

यसअघि एक वर्ष पहिले पनि सोही मोडलको एक जहाज बंगालको खाडी माथि पुगेपछि वेपत्ता भएको थियो । उक्त जहाज अहिलेसम्म फेला परेको छैन ।

एजेन्सी