Home / News / अर्थ (page 3)

अर्थ

अर्थ

नेपालमा २३ वर्ष यताकै आर्थिक उच्च वृद्धिदरः विश्व बैँक

वैशाख २९ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ७.५ प्रतिशतले (बजार मूल्यमा) वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको प्रतिवेदमा मनसुनी वर्षाका कारण कृषि उत्पादकत्वमा वृद्धि, विद्युत आपूर्तिमा वृद्धि र भूकम्पपछिको पुनःनिर्माणमा लगानी वृद्धि भएका कारण २३ वर्षयताकै आर्थिक वृद्धिदर बढ्ने भएको हो …

Read More »

अबको बजेट ऐतिहासिक हुन्छः गभर्नर डा नेपाल

वैशाख २५ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट ऐतिहासिक हुने बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको आव २०७४÷७५ का लागि पूर्व बजेटकालीन अन्तक्र्रियामा उनले भने– ‘स्थानीय तह निर्वाचनसँगै मुलुक सङ्घीयतामा जाने निश्चित भएकाले अन्य बजेटभन्दा यो फरक तवरले आउँछ ।’ गभर्नर डा …

Read More »

आर्थिक समाचारः पूर्ननिर्माणमा अझै तीन खर्ब बजेट नपुग

वैशाख १७। पुननिर्माणको लागि विनियोजित बजेटको आधा पनि खर्च गर्न नसकेको राष्ट्र्रिय पुर्ननिर्माण प्राधिकरणले तीन खर्ब रुपैंया बजेट अभाव भएको जनाएको छ । नागरिक दैनिकले पुर्ननिर्माणमा अझै तीन खर्ब बजेट नपुगलाई मुख्य समाचार बनाएको छ । चालु आर्थिक वर्ष सकिन दुइ महिना बाँकी रहँदा अर्थ मन्त्रालयबाट अख्तियार पाएको एक खर्ब …

Read More »

१३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला राजधानीमा सुरु, करिब ६ करोडको कारोबार हुने लक्ष्य

वैशाख ७। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सानो पुँजी लगानी भएका उद्योगहरूलाई प्रोत्साहन गर्न नसकेसम्म मुलुकको अर्थतन्त्र फष्टाउन नसक्ने बताएका छन् । लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले विहीबारदेखि राजधानीमा सुरु भएको ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ …

Read More »

करोडौं कुम्ल्याएर कैंलाश बैंकका प्रवन्धक फरार, खोजिदिन सिआइबीसँग गुहार

वैशाख ६ । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । उनले बैंकका ग्राहकलाई उच्च व्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । त्यसबाहेक खनालले …

Read More »

दोहोरो अङ्कले घट्यो सेयर बजार

वैशाख ५ । निरन्तर उकालो लाग्दै आएको सेयर बजार आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ९.०८ बिन्दुले घटेको छ । कुल १४२ कम्पनीको …

Read More »

उच्च आर्थिक वृद्धि गरेको भन्दै अर्थमन्त्रीलाई महासङ्घको प्रशंसा

वैशाख ३। मुलुकको आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रशंसा गरेका छन् । सरकारले चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सो वृद्धिदर २५ वर्षयताकै उच्च हो । आव २०५०÷५१ पछि यसपटक उच्च आर्थिक …

Read More »

दैनिक पत्रिकामा यस्ता छापिए आर्थिक समाचार

वेशाख ४। गर्जियनले विश्वका घुम्नै पर्ने स्थानहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा नेपाललाई पहिलो स्थानमा राखेको आजका पत्रपत्रिकामा खवर छ । वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकम विदेशस्थित नेपाली नियोगमा गाडी खरिद तथा कर्मचारी, मन्त्रीले मोजमस्तीमा खर्च गरेको पाइएको खवरलाई पनि आजका पत्रपत्रिकाले छापेका छन् । रोजगारीको क्रममा …

Read More »

उद्योग वाणिज्य महासंघ प्रधान समुहको प्यानल घोषणा

चैत २१ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चैत्र २७ र २८ गते हुने निर्वाचको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहले आइतबार एक कार्यक्रमबीच उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समुहले बस्तुगत र जिल्ला तथा नगरतर्फको पुर्ण टीम सहित उम्मेदवारी घोषणा गरेका हुन् ।सक्षम नेतृत्व सशक्त संगठन हाम्रो अभियान …

Read More »

सेयर बजारमा सर्किट ब्रेक

  चैत १५ । सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक …

Read More »