Home / News / अन्तर्राष्ट्रिय (page 3)

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

कालो धन राखेकोमा दोषी ठहर भएपछि नवाजको राजिनामा

इस्लामावाद, साउन १३ पाकिस्तानको सर्र्वोच्च अदालतले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई विदेशमा कालोधन राखेकोमा दोषी ठहराएपछि सरिफले पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले शुक्रबार विदेशमा कालो धन राखेकोमा दोषी ठहर गर्दै सरिफ प्रधानमन्त्रीका लागि अयोग्य भएको फैसला सुनाएको थियो । अदालतको फैसलाप्रति सरिफको असन्तुष्टिका विच उनको राजिनामा आएको हो । पाकिस्तानमा …

Read More »

अदालतले सरीफलाई प्रधानमन्त्रीका रूपमा रहन अयोग्य घोषणागरेसँगै पदबाट राजिनामा

साउन १३ । पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरीफमाथि लामो समयदेखि चर्चामा आइरहेको भ्रष्टाचार आरोपलाई लिएर प्रधानमन्त्रीका रूपमा रहिरहन अयोग्य घोषणा गरेको छ । उनलाई भ्रष्टाचारको आरोपमा मुद्दा परेपछि धेरैको अपेक्षा अनुसार नै तत्काल कार्यालय छोड्न पनि अदालतले निर्देशन दिएको छ । न्यायधिस एजाज अफताल खानले अदालतमा जम्मा भीडकाबीच …

Read More »

लाहोरमा आत्मघाती हमला, २६ को मृत्यु, ४९ जना घाइते

साउन १०। पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोरमा भएको आत्मघाती विष्फोटनमा परी सोमबार कम्तीमा २६ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४९ जनाभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरूले स्थानीय समयअनुसार दिउँसो ४ बजेतिर विष्फोटन भएको समाचार दिएका छन् । पञ्जाव प्रान्तको राजधानी …

Read More »

टर्कीमा ६.७ रेक्टरस्केलको भूकम्प, दुईको मृत्यु

साउन ६। टर्कीको इजियन तट नजिक रहेको ग्रीक द्वीपमा ६ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्प स्थानीय समय अनुसार शुक्रबार बिहान १.३१ गएको हो । भूकम्पले धेरै भवन र मुख्य बन्दरगाहमा क्षति पुर्याएको छ । अधिकारीका अनुसार भूकम्पमा परी दुईको मृत्यु भएको छ भने १ सय २० जना …

Read More »

भारतको १४औं राष्ट्रपतिमा दलित समुदायका कोविन्द विजयी

साउन ५ । रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित भएका छन् ।  भारतीय इतिहासमा तल्लो जातबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व हुन् । भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उनलाई ६५ प्रतिशत मत प्राप्त भएको, निर्वाचन आयोगले जनाएको छ । एकहत्तर बर्षीय पूर्व …

Read More »

न्यूयोर्कको सय बर्षे कछुवा चोरी

साउन ४ । न्यूयोर्क शहरबाट १०० बर्षको कछुवा संरक्षण केन्द्रबाट चोरी भएपछि प्रहरीले यसको खोजी शुरु गरेको जनाएको छ । न्यूयोर्कबाट प्रशारण हुने सञ्चारमाध्यमले कछुवा हराएको भन्दै क्वीन्सस्थित ‘एली पोण्ड इन्भारोन्मेन्टल सेन्टर’ को कछुवा घर सोमबार तोडेको अवस्थामा भेटेका सेन्टरका कर्मचारीले तत्कालै खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए । एली …

Read More »

अफगानिस्तानमा ७७ जना विद्रोही मारिए

असार ३१ । अफगानिस्तानका विभिन्न ठाँउमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जना भन्दा बढी लडाकू मारिएका छन् । देशभरी गत चौविस घण्टाको अवधिमा भएका कारबाहीमा अन्य २७ जना घाइते पनि भएको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । ‘मृतक मध्ये १७ जना इस्लामिक स्टेट (आइएस) लडाकू रहेका छन् भने अरु सात …

Read More »

काश्मिरमा तिर्थयात्रीमाथि आक्रमण, सातको मृत्यु

असार २८ । भारतको काश्मिरी इलाकाको अनन्तनाग जिल्लामा दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको हमलामा परी सोमबार राति सात जना हिन्दु तीर्थयात्रीहरु मारिएका छन् । घटनामा ज्यान गुमाउने सातजनामध्ये छ जना महिला र एक जना पुरुष रहेका कश्मीरबाट सुरक्षा अधिकारीले जनाएका छन् । उक्त हमलामा अन्य १९ जना घाइते …

Read More »

मध्य अफ्रिकामा ट्रक दुर्घटना हुँदा अठहत्तर जनाको मृत्यु, पचहत्तर घाइते

असार २२ । मध्य अफ्रिकी गणतन्त्रको बामबरी शहरमा भएको ट्रक दुर्घटनामा परी ७८ जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीले बिहीबार जानकारी गराएका छन् । घटनामा ७५ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश व्यक्ति ग्रामिण सडकको बाटो हुँदै मालौम भन्ने ठाउमा साप्ताहिक बजारमा व्यवसाय गर्न हिडेका स्थानीय रहेका क्वेका नामक …

Read More »

दक्षिण चीनमा वाढीका कारण सोह्रको मृत्यु, दश जना वेपत्ता

  असार १९ । चीनको दक्षिणी क्षेत्रमा रहेको गुआङ्सी झुआङ स्वायत्त प्रदेशमा विशाल बर्षापछि आएको बाढीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका स्थानीय अधिकारीले जनाएका छन् । व्यापक वर्षापछि गत शनिबार यता गुआङ्सी प्रदेशका कम उचाइमा रहेका वस्ती तथा शहरहरू जलमग्न भएका थिए । …

Read More »