Home / News / समाचार (page 110)

समाचार

विशेस समाचार

काँग्रेस नेता तथा पूर्वमन्त्री शाक्यको निधन

वैशाख २३ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज बिहान ८।४५ बजे निधन भएको छ । ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचारत् शाक्यको ७७ वर्षको उमेरमा मृत्यु भएको नेपाली काँग्रेसका नेता तथा सभासद् भीमसेन दास प्रधानले जानकारी दिए । प्रधानकाअनुसार उनको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि …

Read More »

नेपालमा हुन लागेको निर्वाचनप्रति भारत किन भयो खुसी ?

वैशाख २२। नेपालमा आगामी हप्ता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज नयाँ दिल्लीमा भएको द्विपक्षीय औपचारिक भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गरिन् । उनले मन्त्री डा महतसँग एउटा ठूलो लोकतन्त्रका हैसियतले आफ्नो छिमेकी मुलुक …

Read More »

सर्वोच्चको फैसलाले संसद्को विशेषाधिकारमाथि हस्तक्षेप गरेको सत्तापक्षको ठहर

वैशाख २२ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रको बैठकले सर्वोच्च अदालतको फैसलाले संसदको विशेषाधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको छ । सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन दिएको आदेशपछि आज साँझ सिंहदरबारमा बसेको बैठकले जनप्रतिनिधिको सर्वोच्च संस्था व्यवस्थापिका–संसद्माथि हस्तक्षेप गरेर जनप्रतिनिधिको अधिकार कुण्ठित भएको निष्कर्ष निकालेको हो । …

Read More »

सर्वोच्चमा सुशीलाको पुनरागमन

वैशाख २२ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की अब सर्वोच्च फर्किने भएकी छिन् । उनीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएसँगै अब उनी सर्वोच्च फर्किने भएकी हन् । महाअभियोगविरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले संविधानको मर्म र भावना अनुसार महाअभियोग नआएको भन्दै कार्कीलाई …

Read More »

दुई दिनदेखि बेपत्ता नेता गिरी प्रहरी सम्पर्कमा

  वैशाख २२ । दुई दिनदेखि बेपत्ता भएका नयाँ शक्ति नेपालका नेता मदन गिरी प्रहरीको सम्पर्कमा आएका छन् । गत बुधबार बेलुका ७ बजेदेखि सम्पर्कविहीन भएका नागार्जुन नगरपालिका–७ का नयाँ शक्ति नेपालका अध्यक्षका उम्मेदवार आज बिहानदेखि प्रहरी सम्पर्कमा आएका हुन् । महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले आज सयुक्तरुपमा …

Read More »

भक्तपुरमा मात्रै निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने

वैशाख २२ । भक्तपुरमा मात्रै आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी …

Read More »

काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

वैशाख २२ । रुकुममा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ । नेपाली काँग्रेसनिकट नेपाल तरुण दलको आन्तरिक बैठक बसिरहेको …

Read More »

भरतपुर र पोखरा महानगरपालिकामा काँग्रेस–माओवादीबीच तालमेल

  वैशाख २१। सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को सहमतिअनुसार भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा स्थानीय निर्वाचनमा तालमेल हुने भएको छ । दुवै पार्टीका नेताका अनुसार पोखरा लेखनाथ महानगरपालिका प्रमुखका लागि उम्मेदवार विश्वप्रकाश लामिछानले उम्मेदवारी फिर्ता लिएका छन् । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले केन्द्रीय नीतिअनुसार नै महानगरपालिकाको उम्मेदवारीमा …

Read More »

एमालेको चुनावी सभामा आक्रमण

वैशाख २१। जाजरकोटको कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा (एमाले) को चुनावी सभामा आक्रमण भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेका बेला काँग्रेसका प्रितिबहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरेको एमालेका स्थानीय नेता प्रमोद विश्वकर्माले बताए । आक्रमणबाट एमालेका तीन …

Read More »

उम्मेदवारलाई चुनाव चिह्न शुक्रबार

वैशाख २१ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई शुक्रबार चुनाव चिह्न दिने भएको छ । पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । यसअघि शुक्रबार बिहान १० देखि ११ बजेसम्म …

Read More »