Home / News / समाचार (page 12)

समाचार

विशेस समाचार

एनआरएन आईसीसी पदाधिकारीमा अमेरिकाबाट तीन आकांक्षी

न्यूयोर्क । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को नयाँ कार्यसमितिको पदाधिकारीमा अमेरिकाबाट तीन जनाको चर्चा सुरु भएको छ । वर्तमान उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा, पूर्वअध्यक्ष खगेन्द्र जिसी र हालका अध्यक्ष डा. केशव पौडेलले पदाधिकारीमा उठ्ने तयारी गरेका छन् । उम्मेदवारका आकांक्षीहरुले आन्तरिक गृहकार्यसमेत अघि बढाएका छन् …

Read More »

न्यूयोर्ककी सेलरोटी आमा

कल्पना घिमिरे न्यूयोर्क । कुनै बेला बसन्ता दिदीको सेलरोटी यति पपुलर थियो कि न्यूयोर्क र ज्याक्सन हाइट वरपर तनहुँकी बसन्ता श्रेष्ठलाई ‘सेलरोटी आमा’ भनेरै चिनिन्थ्यो । ९ वर्षअघि उनले सेलरोटी पकाउन सुरु गर्दा ज्याक्सन हाइटका कुनै पनि पसलले सेल बेच्दैनथे । ‘पहिले–पहिले दैनिक सेल पोल्थें, चाडबाडमा त सेल पकाउँदा पकाउँदै …

Read More »

यसरी मनाए अमेरिकामा नेपालीले दशैं

कल्पना घिमिरे न्यूयोर्क । समृद्ध जीवनको सपना बोकेर अमेरिकामा संघर्ष गरिरहेका नेपाली आप्रवासीहरुको जीवनस्तर पछिल्ला वर्षहरुमा निकै बदलिसकेको छ । विगत केही वर्ष अगाडिसम्म एक दिन मात्र पनि साहुको काम छोड्न गाह्रो मान्ने नेपाली आप्रवासीहरु पछिल्ला वर्षहरुमा दुई–चार दिन बिदा लिएर धूमधामसाथ चाडपर्व मनाउन थालेका छन् । त्यति मात्र कहाँ …

Read More »

प्रधानमन्त्री देउवाको न्यूयोर्क भ्रमणको भित्री पाटो

विजय पौडेल न्यूयोर्क । राष्ट्रसंघको हरेक वर्ष हुने कुम्भ मेलामा यसपटक नेपालबाट प्रधानमन्त्री स्तरबाटै सहभागिता रह्यो । राष्ट्रसंघमा उपस्थिति हुन प्रायः प्रधानमन्त्री नै आउने नेपालको प्रचलनलाई शेरबहादुर देउवाले पनि कुल्चन चाहेनन् । तर, उनले राष्ट्रसंघको सहभागितामा विशेष ‘चार्म’का रुपमा रहेको अमेरिकी राष्ट्रपति भेट्ने अवसरलाई भने खासै महत्व दिएनन् । उनले …

Read More »

एमालेसँग एकता गर्ने प्रस्ताव पारित गरेको १० वर्ष भयोः गृहमन्त्री शर्मा

असोज १९ । गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्र्टीको आवश्यकता नरहेकाले’ वाम एकताको शुरुआत भएको बताए । रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वाम एकताले गर्दा लोकतान्त्रिक एकताको पनि शुरुआत हुनाले देश विकास र प्रगतिको बाटामा अगाडि …

Read More »

बाम एकता अस्वाभाविक र अप्राकृतिक–नेता भण्डारी

साउन १९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बृहत बाम एकता अस्वाभाविक र अप्राकृतिक रहेको बताएका छन् । नेपाली काँग्रेस भक्तपुर नगर समितिले आज सूर्यविनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले वाम एकताको आधार समेत नभएको आरोप लगाए । उनले भनेण् ‘माओवादी आफैमा छिन्न भिन्न छ, सिपी …

Read More »

बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी

असोज १९ । नेपाली काँग्रेस बाजुराले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काँग्रेसले बुधबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टीले जानकारी दिएको छ । सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कविराज पण्डित, देवराज …

Read More »

राजविराजबाट हतियारसहित यादव पक्राउ

असोज १९ । सप्तरीको राजविराज नगरपालिका–१३ बाट हतियारसहित एकजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडा नं बस्ने ५४ वर्षीय लक्ष्मण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल, सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी …

Read More »

दुइतिहाई बहुमत ल्याएर सरकार बनाउने अध्यक्ष अ‍ोलीको दाबी

असोज १८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताएका छन् । एमाले ललितपुर जिल्ला समितिद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा ल्होछारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, कानुनी राज्य तथा शान्ति …

Read More »

कांग्रेसको नेतृत्वमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन

असोज १८ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आह्वान गरेको राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, …

Read More »