Home / News / समाचार (page 133)

समाचार

विशेस समाचार

देउवा र भट्टराईबीच भेटवार्ता, के–के भयो कुराकानी ?

  चैत २३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषय, संविधान संशोधन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको थियो । सो अवसरमा डा भट्टराईले आफ्नो पार्टीले माग गर्दै आएको निर्वाचन …

Read More »

इराकमा हवाई आक्रमण र भुकम्प, ३६ जनाभन्दा बढीको मृत्यु

चैत २३ । इराकको सलाउद्धिन प्रदेशमा पर्ने टिक्रिटमा इश्लामिक इस्टेट आइएस लडाकुहरुले गरेको हवाइ आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने अरु २८ जना घाइते भएका छन् । मङ्गलबार राति आइएस लडाकुहरु सैनिकको पोशाकमा आएर आक्रमण गरेको सुरक्षा अधिकारीले जनाएका छन् । उनीहरुले सुरक्षा चेकप्वाईन्ट र त्यससँगै रहेका …

Read More »

निर्वाचनमा सेना परिचालन गर्ने गृहराज्य मन्त्रीको भनाइ

चैत २३ । गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउनको लागि सरकारले स्थानीय तह सूरक्षा विशेष योजना स्वीकृत गरेर मातहतमा पठाईसकेको बताएका छन् । मन्त्री बानियाँले एक हप्ताभित्रै मतदान केन्द्र र निर्वाचन क्षेत्रमा सूरक्षा निकायलाई परिचालन हुने समेत जानकारी दिए । बुधबार रिपोर्टर्स क्लब …

Read More »

छात्रालाई यौनशोषण गर्ने शिक्षक प्रहरी खोरमा

  चैत २३। महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका– ३ का ३८ वर्षीय रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाले …

Read More »

शरदसिंह भण्डारीको पार्टीमा पहिरो, पूर्व केन्द्रीय सदस्यसहित एक दर्जनले गरे पार्टी परित्याग

चैत २३। शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का पूर्व केन्द्रीय सदस्यसहित सप्तरीका एक दर्जन जिल्लास्तरीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संस्थापक नेता भरतप्रसाद साहलगायतले संयुक्त प्रेस विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । सप्तरीका जिल्ला उपाध्यक्ष वैजुप्रसाद दास र भागिरथप्रसाद …

Read More »

नापी सर्वेक्षक घुस लिँदालिँदै पक्राउ

चैत २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नं नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरले २२ हजार रुपैयाँ घुस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ । आयोकका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी सर्वेक्षक ठाकुरले विगतमा तीन जनासँग एकै ठाउँमा गरेको गाउँ ब्लकको जग्गा एकीकृत गरी एकै कित्ता बनाई …

Read More »

काँग्रेसको निर्वाचन तयारी तीव्र बन्दै

चैत २२ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तीव्र तयारी थालेको छ । गठन भएदेखि दिनहुँ विभिन्न तहगत छलफलमा जुटेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले निर्वाचनको तयारी स्वरुप आज पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वजिल्ला सभापति, पूर्वसांसद र पार्टीका शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीसँग निर्वाचनका बारेमा छलफल र …

Read More »

संविधान संशोधन नभएसम्म निर्वाचन हुन नदिने उपेन्द्र यादवको चेतावनी

चैत २२ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् । सङ्घीय समाजवादी फोरम सिरहाले लहानस्थित पशुपति माविको प्राङ्गणमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यथास्थितिमा चुनाव हुनै नसक्ने र जर्बजस्ती गरिए मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताए …

Read More »

स्थानीय तहमा पुग्न एमाले नेतालाई यस्तो छ नयाँ जिम्मेवारी

चैत २२ । नेकपा (एमाले) को ‘स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति’को प्रथम बैठकले सबै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य एवम् सांसदलाई यही चैत मसान्तसम्म सम्बन्धित भूगोलमा पुगेर निर्वाचन अभियानमा सहभागी हुन जिम्मेवारी दिएको छ । सोमबारको स्थायी कमिटीको बैठकबाट महासचिव …

Read More »

जबर्जस्ती निर्वाचनले मुलुक द्वन्द्वमा जाने महतोको चेतावनी

चैत २२। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने चेतावनी दिएका छन् । सद्भावना पार्टी रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने– ‘मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन् ।’ महतोले प्रमुख तीन दलको हठका कारण मुलुक अस्थिरतातर्फ …

Read More »