Home / News / समाचार (page 134)

समाचार

विशेस समाचार

छिट्टै राजनीतिक निकासा दिने प्रधानमन्त्री दाहालको भनाइ

चैत १९। प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका संविधान संशोधनलगायतका विषय गम्भीररुपले अनौपचारिक छलफलका माध्यमबाट यथाशक्य छिटो टुङ्ग्याउने प्रयास भइरहेको बताएका छन् । नेपाल टेलिभिजनबाट शनिबार प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्री’सँग कार्यक्रममा आज उनले भने, ‘छलफल सकारात्मक ढङ्गले अघि बढनेछ, यसमा सहमति गरेर उत्साहजनक र पर्वकै रुपमा स्थानीय …

Read More »

संविधान कार्यान्वयनमा सहयोग गर्न कांग्रेस, एमाले र माओवादी नेताको आग्रह

चैत १९ । विभिन्न राजनीतिक दलका नेताहरूले संविधान कार्यान्वयनका लागि सहयोग गर्न नागरिक समाज, मानव अधिकारकर्मी, बुद्धिजीवी तथा सम्पूर्ण नागरिकमा अपिल गरेका छन् । संवैधानिक कानुन व्यवसायी मञ्चले आयोजना गरेको नेपालको संविधानका दार्शनिक आधारहरूसम्बन्धी संवैधानिक संवादमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालमा विभिन्न बेथिति छन् तर त्यसका बीच पनि सबै …

Read More »

संविधान संशोधन नगरी निर्वाचन गरे ज्ञानेन्द्रको जस्तो निर्वाचनः यादव

चैत १९ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नहुने बताएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल खोटाङको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले पहिले संविधान संशोधन गरेरमात्रै निर्वाचन गर्नुपर्नेमा जोड दिए । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको कार्यक्रमलाई …

Read More »

चुनावबाट पछि हट्नु राजनीतिक समझदारी होइनः सिटौला

चैत १९ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । पार्टीको कामको सिलसिलामा बाजुरा जाने क्रममा शनिबार नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन राजनीतिक पक्ष भएको र परिवर्तित राजनीतिक व्यवस्थालाई संस्थागत गर्न तथा स्थायित्व दिन निर्वाचनको विकल्प खोज्न नहुने बताए । …

Read More »

जागिर लम्ब्याउन संशोधन

काठमाडौं । निजामती कर्मचारीको उमेरहद बढाउने विषय निजामती प्रशासनमा बहसको विषय बनेको छ । सामान्य प्रशासन मन्त्रालयद्वारा लोकसेवा आयोगमा उमेरहद बढाउन सिफारिसका लागि पठाइएको प्रस्तावमा लोकसेवा आयोगले असहमति जनाइसकेको छ । सामान्य प्रशासन मन्त्रालयकी पूर्वप्रवक्ता नीता पोखरेल अर्याल भन्छिन्, ‘नेपालीको औसत आयु बढेको अवस्थामा सरकारी कोषमा पेन्सनको भार कम गर्न …

Read More »

गाडी दुर्घटनामा पाँचको निधन

चैत १९। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा आज बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इलाका प्रहरी नवलपुरका अनुसार पश्चिमबाट काठमाडौँ हिँडेको ना४ख ३९९५ नंको बसलाई सोही दिशातर्फ गुडिरहेको युपी ५८ टि ५४७ भारतीय ट्रकले ठक्कर दिँदा दाङका …

Read More »

निर्वाचनमा जान मोर्चा सकारात्मक

चैत १८। विवादित विषयमा सहमति गरी संविधान संशोधन प्रक्रियालाई अघि बढाउन सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लचक रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा मोर्चाको मागलाई सम्बोधन गर्न संविधान संशोधनको परिमार्जित प्रस्ताव तयार गर्ने भनिए पनि सत्तापक्षकै कतिपय शीर्ष नेताको उपस्थिति नभएकाले सहमति …

Read More »

उच्च मनोबलका साथ काम गर्न आयोगलाई राष्ट्रपतिको आग्रह

चैत १८। राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबलका साथ काम गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गरेकी छिन् । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनको तयारीबारे विस्तृत रुपमा आज जानकारी गराएपछि राष्ट्रपतिले यस्तो अग्रह गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचनका सन्दर्भमा आयोगबाट भइरहेको काम कारबाहीप्रति सन्तोष व्यक्त …

Read More »

भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्ने यादवको भनाइ

चैत १८ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न सबैमा आग्रह गरेका छन् । निर्वाचन आयोगले आज सुरु गरेको ‘स्थानीय तह निर्वाचन २०७४ का लागि निर्वाचन र सुरक्षा’ विषयको प्रशिक्षणको शुभारम्भ गर्दै उनले उम्मेदवार र …

Read More »

पूर्वराष्ट्रपति पार्कमाथि भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि पक्राउ

  चैत १८ । दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क गेउन हेलाई शुक्रबार बिहानै प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोग लागेकी पार्कलाई अदालतले दोषी ठहर गरेपछि प्रहरीले पक्राउ गरेको हो । सोल केन्द्रीय जिल्ला अदालतका एक जना न्यायाधीशले भने– ‘उहाँलाई लगाइएको महाअभियोग पुष्टि …

Read More »