Home / News / समाचार (page 18)

समाचार

विशेस समाचार

खड्काद्वारा पुनःबहालीको माग गर्दै रिट

असोज ४ । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आपूर्ति मन्त्रालय लगायतलाई विपक्षी बनाई खड्काले वारिस मोतीलाल तामाङमार्फत दायर गरेको निवेदनमा आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली …

Read More »

कर्जन्हा नगरपालिकामा माओवादी विजयी

असोज ४ । सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । केहीबेर अघि सम्पन्न मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका गंगा पासवान र उपप्रमुखमा माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । प्रमुख पासवानले चार हजार ३०९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी …

Read More »

माक्र्सवादलाई लात हानेर गएका बाबुरामविरुद्ध सच्चा माक्र्सवादी उठाउँछौः प्रचण्ड

असोज ४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपनि माओवादीले क्रान्ति नछाडेको बताएका छन् । गोरखा नगरपालिकास्थित दशकिलोमा कार्यकर्तालाई आज प्रशिक्षण दिँदै उनले विचार र कार्यदिशामा प्रष्टता नहुँदा माओवादीले जनताबाट भोट तान्न नसकेको बताए । उनले भने– ‘माओवादी विचार र लाइनमा अस्पष्ट भएजस्तो …

Read More »

बिपी र गणेशमानले देखाएको मार्ग आत्मसात् गर्न नेता सिंहको आग्रह

असोज ४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले बिपी कोइराला र गणेशमान सिंहले देखाएको मार्गलाई आत्मसात् गरी पार्टीलाई अगाडि बढाउनुपर्ने बताए । गणेशमान सिंहको २०औँ स्मृति दिवसका अवसरमा साँझ विराटनगरमा आयोजित कार्यक्रममा उनले काँगेसको आदर्श र सिद्धान्तलाई अवलम्बन गर्न कार्यकर्तालाई आग्रह गरे । मुलुकको विकासका लागि सबै राजनीतिक दल …

Read More »

सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

असोज ४ । सप्तरीको राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमा मतगणनाको कार्य आज पनि जारी रहेको छ । पछिल्लो पटक जिल्ला निर्वाचन कार्यलयले आज दिएको मतगणनाको परिणामअनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वडाध्यक्ष युवा उम्मेदवार सन्तोष यादव (गोइत) को प्यानलै विजयी भएको छ । गोइतले …

Read More »

प्रदेश नम्बर २ मा एमाले तेस्रो स्थानमा, संघीय समाजवादीको एमाले भन्दा बढी स्थानमा अग्रता

भदौ ४ । छ ओटा प्रदेशमा पहिलो बनेको एमाले प्रदेश नम्बर २ मा भने निकै कमजोर देखिएको छ । पछिल्लो मतगणना अनुसार एमाले अहिले तेस्रो स्थानमा रहेको छ । अहिलेसम्म करिब २० स्थानमा एमालेले अग्रता कायम गरेको छ । एमाले संघीय समाजवादी फोरम भन्दा पनि पछि छ । एमाले तीन …

Read More »

प्रदेश नम्बर २ मा काँग्रेसको अग्रता कायमै, अहिलेसम्म २४ स्थानमा अग्रता

असोज ३ । प्रदेश नं २ मा अहिलेसम्म कांग्रेसले अग्रता लिएको छ । काँग्रेस अहिलेसम्म २४ बढी स्थानमा अग्रता कायम राख्दै पहिलो स्थानमा छ । संघीय समाजवादी फोरम दोस्रो र एमाले तेस्रो स्थानमा छ । बाराका महागढिमाई नगरपालिका, बारागढी गाउँपालिका, कोहल्वी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिकामा कांग्रेसको अग्रता छ । …

Read More »

अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद न्यायका लागि अदालतको ढोकामा

असोज ३ । दक्षिण भारतीय राज्य तमिल नाडुको सत्ताधारी दल अन्ना द्रविडा मुन्नेत्रा खाजघामका विभिन्न १८ जना सांसदले सभामुख पि धनपालले कानून विपरीत हुनेगरी आँफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै मङ्गलबार मद्रास उच्च अदालतमा निवेदन दिएका स्थानीय अधिकारीले जनाएका छन् । सांसदहरूको निवेदन उपर सम्भवत बुधबार सुनुवाई हुनेछ । ‘मङ्गलबार अयोग्य …

Read More »

ओलीको प्रश्न– ‘५६ जना मन्त्री किन चाहियो ?’

असोज ३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर ५६ जना पु¥याएको भन्दै आक्रोश व्यक्त गरेका छन् । चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको सङ्ख्या थपेको बताए । ‘यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो …

Read More »

महोत्तरीका दुई वडामा काँग्रेस विजयी, सप्तकोशी नगरपालिका–१ मा एमाले

  असोज ३ । महोत्तरीमा नेपाली काँग्रेसले दुई वडामा विजय हासिल गरेको छ । बर्दिवास नगरपालिका–१४ को वडाध्यक्षमा भरत हमाल र सम्सी गाउँपालिका–१ को वडाध्यक्षमा बिपीन विहारी विजयी भएका हुन् । हमालले ७०३ मत र विहारीले ३९२ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी …

Read More »