Home / News / समाचार (page 22)

समाचार

विशेस समाचार

तराई पुगेर प्रचण्डले भने– ‘संविधान संशोधन प्रस्ताव पुनः ल्याउछौं’

भदौ ३०। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधन संशोधन प्रस्ताव अब बन्ने केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताएका छन् । धनुषाको सहिद नगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई संबोधन गर्दै उनले एमाले र राप्रपाका कारण संविधान संशोधन असफल भएकाले संशोधन प्रस्ताव पुन ल्याउने बताए । अध्यक्ष प्रचण्डले मंसिरमा हुने प्रदेश …

Read More »

विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

भदौ ३० । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा …

Read More »

एन्फाले थ्रीस्टार क्लबलाई एक करोड ५० लाख क्षतिपूर्ति दिने

भदौ ३० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख रूपैयाँ दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिक रुपमा दिने निर्णय गरेको हो । थ्रीस्टारले गत वर्ष एन्फाको लापर्बाहीका …

Read More »

उत्तर कोरियाले जापानतर्फ हान्यो शक्तिशाली मिसाइल

भदौ ३०। उत्तर कोरियाले आफ्नो राजधानी प्योङ्गयाङ्गबाट पूर्वी दिशामा जापानतर्फ फेरि एउटा शक्तिशाली मिसाइल प्रहार गरेको छ। दक्षिण कोरिया र जापान सरकारले ने यसको पुष्टि गरेका छन् । दक्षिण कोरियाली सेनाका अनुसार यो मिसाइल करिब ७०० किलोमिटरको उचाईसम्म पुग्दै यसले करिब ३७०० किलोमिटरको यात्रा तय गरेको छ। समाचार एजेन्सी रोयटर्सले …

Read More »

नेपाली भाषावाट परिक्षा दिन हस्ताक्षर अभियान

१४, सेप्टेम्बर डलास(टेक्सस) । अमेरिकाको टेक्सस राज्यमा नेपाली भाषाको माध्यमवाट पनि चालक अनुमती पत्रको लिखित परिक्षाको व्यवस्थाका लागि नेपाली समाज टेक्ससले पहल सु्रु गरेको छ । नेपाली भाषावाट परिक्षा दिने व्यवस्था मिलाउनको लागि त्यसको आवश्यकता पुष्टि गर्ने हेतु समाजले यसको पक्षमा जनमत जुटाउन विद्युतीय हस्ताक्षर प्रक्रिया संचालन गरेको छ । …

Read More »

सरकारका सय दिन, कति सफल, कति असफल ?

भदौ २९ । सरकार गठन भएको सय दिनको अवधिलाई देउवाले उल्लेखनीय साबित भएको दाबी गरेका छन् । चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आज सय दिन पुगेको छ । सोही अवसरमा सरकारले सो अवधिमा सम्पन्न भएका महत्वपूर्ण कार्य र हासिल भएका उपलब्धिबारे जानकारी गराउँदै सरकारका प्रवक्ता …

Read More »

शेयर बजार दोहोरो अंकले बढ्यो

भदौ २९। लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ । धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७.११ अंकले बढेर एक हजार ५३० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने …

Read More »

फिफा बरियतामा नेपाल तल झ¥यो

भदौ २९ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ । नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा …

Read More »

सप्तरीको फत्तेपुरमा शक्तिशाली बम

भदौ २९। जिल्लाको सप्तकोसी नगरपालिका–१ फतेपुर बजारमा भेटिएको शक्तिशाली बम सेनाको डिस्पोजल टोलीले बिहीबार बिहान निष्कृय बनाएको छ । उदयपुर र सप्तरीको सिमानामा रहेको त्रियुगा नदीको पक्की पुल भन्दा करिब ५० मिटर दक्षिणस्थित फतेपुरको पारुहाङ चोक नजिकै उक्त बम भेटिएको हो । बम भेटिएपछि जिल्लाकै बलारदहमा तैनाथ सेनाको निर्वाचन सुरक्षा …

Read More »

एसीसी यु–१९ एसिया कप छनोटको खेलमा नेपाल र सिंगापुर भिड्दै

भदौ २९ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा सिंगापुरले नेपाल सामु ६८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । एसीसी यु–१९ एसिया कप छनोट अन्र्तगत समूह चरणको अन्तिम खेलमा सिंगापुरले २८ दशमलव ३ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ६७ रन जोड्न सफल भएको …

Read More »