Home / News / समाचार (page 28)

समाचार

विशेस समाचार

सोह्र स्थानीय तहमा काँग्रेसको उम्मेदवारी टुंगो लाग्यो

भदौ २०। नेपाली काँग्रेस सप्तरीले अगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली काँग्रेसले राजविराज नगरपालिकाको प्रमुखमा ध्रुवकुमार देव र उपप्रमुखमा सुशीलाकुमारी यादवको नाम उम्मेदवारमा छनोट गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा सरोज …

Read More »

महोत्तरीका २३२ मतदानस्थल संवेदनशील

भदौ २० । असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् । जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन् । त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील र ९७ वटा मतदानस्थल संवेदनशील रहेका छन् …

Read More »

एनआरएन अमेरिकामा नेता छान्न आजदेखि मतदान

सेप्टेम्वर ५, न्यूयोर्क । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) अमेरिकामा नेता छान्न आज बुधवार र भोली विहिवार मतदान हुँदै छ । नेतृत्वका लागि वर्तमान समितिकै ४ पदाधिकारी मैदानमा छन् । वर्तमान अध्यक्ष डा. केशव पौडेलसहित वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, रामसी पोखरेल र रविना थापा अध्यक्षको दौडमा छन् । आईसीसी …

Read More »

फोरम उपाध्यक्ष यादवको घरमा तोडफोड

भदौ १९। उम्मेदवार छनोटको विषयमा विवाद हुँदा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवको घरमा आज तोडफोड भएको छ । सप्तरीको राजविराजस्थित निवासमा आफ्ना समर्थकसँग कुराकानी गरिरहेको अवस्थामा सोही पार्टीमा आबद्ध रहेका असन्तुष्ट कार्यकर्ताले सामान्य तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले …

Read More »

अन्ध राष्ट्रवादले मुलुकको हित गर्दैनः अध्यक्ष दाहाल

भदौ १९। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराईलाई केन्द्रित गर्न सक्ने शक्ति आफ्नो पार्टी मात्रै भएको बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता शिवपूजन यादवसहितका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले ‘नेपालमा अन्धराष्ट्रवादको नाममा अतिवाद हाबी भएकाले’ त्यसलाई खारेज …

Read More »

‘बिपीको समाजवादी सिद्धान्त सान्दर्भिक’

भदौ १९। साहित्यकार बिपी कोइरालाको १०३औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको विचार गोष्ठीमा विभिन्न वक्ताले बिपीले देखाएको मार्गमा अग्रसर भएमा उनको सपना साकार हुने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आफ्नो जीवनको आधा समय कारागार बन्दी जीवन तथा निर्वासनमा बिताएका कोइरालाको संघर्षगाथा अतुलनीय रहेको बताउँदै बिपी …

Read More »

फोरम नेपालले उम्मेदवार टुङ्गो लगायो

भदौ १९। तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल महोत्तरीले अधिकांश स्थानमा उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लामा १५ स्थानीय तह छन् । तीमध्ये ११ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाइएको सो पार्टीका जिल्ला अध्यक्ष रामनरेश रायले जानकारी दिए । उनका अनुसार गौशाला नगरपालिकाको प्रमुखमा …

Read More »

मतदाता र उम्मेदवारलाई नै थाहा छैन कसरी गर्ने मतदान ?

बिष्णुहरि घिमिरे / ल्यान्क्यास्टर, पेन्सिलभेनिया झण्डै एक बर्ष देखि  नेपाली डायस्पोरालाई उचालेको  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) अमेरिकाको चुनावमा अन्ततः अहिले मौन अवधी सुरु भइसकेको छ । तर यो अवधी सम्म पनि भोट कसरी दिने भन्नेमा समान्य मतदाताको त के कुरा उम्मेदवारहरुले नै यस बारे खुलस्त …

Read More »

नेपाली काँग्रेस महोत्तरीका यस्ता छन् उम्मेदवार 

भदौ १८। प्रदेश नं.२ अन्तर्गत नेपाली काँग्रेस, महोत्तरीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारादेवी महतो, गौशाला नगरपालिकाको प्रमुखमा मनुप्रसाद अधिकारी र उपप्रमुखमा सुशिला देवी महतो, जलेश्वर नगरपालिकाको प्रमुखमा अशोककुमार साह …

Read More »

भारु ६८ लाख २० हजारसहित दुईजना पक्राउ

भदौ १८ । बनस्थलीबाट निषेधित भारतीय रुपैयाँ ६८ लाख २० हजारसहित शनिबार पक्राउ परेका दुईजना सो रकमको मालिक नभई भरीयामात्रै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भूले शनिबार गोंगबु बस्ने बाँकेको कोहलपुर नगरपालिकाकी कृष्णकुमारी राई र गोरखाको श्रीनाथ गाउँपालिकाका अर्जुन भण्डारीलाइ सो रकमसहित पक्राउ गरेको …

Read More »