Home / News / समाचार (page 3)

समाचार

विशेस समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार

असोज ३० । धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६.६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो । दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको …

Read More »

८८ किलो सुनकाण्डमा तामाङ पक्राउ

असोज ३० । प्रहरीले सुन तस्करीका आरोपमा नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ गरेको छ । गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीमा बा१७च ६४२७ नंको टाटा सफारी गाडीमा ८८ किलो सुनसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । सो सुन तस्करी काण्डमा तामाङको पनि संलग्नता देखिएको भनी उनलाई …

Read More »

चिनियाँ कम्युनिष्ट पार्टीबाट १२ उच्च अधिकारी निष्कासित

असोज ३० । चिनियाँ कम्युनिष्ट पार्टीले १२ जना उच्चअधिकारीहरुलाई निष्कासन गरेको छ । प्रत्येक पाँच वर्षमा नेतृत्व चयनका लागि बस्ने उक्त पार्टीको महत्वपूर्ण महाधिवेशनको केही दिनअघि पछिल्लो घटना प्रकासमा आएको हो । निष्कासनमा पर्नेमा पूर्व न्यायमन्त्री उ आइङ् पनि छिन् । आइङ् चीनमा उच्च तहमा पुगेका सीमित महिला नेतामध्ये एक …

Read More »

नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकीकरण

असोज २९ । नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन । ‘काँगे्रस र लोकतान्त्रिक फोरमबीचमा सघन वार्ता भयो, भोलि औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक …

Read More »

एनआरएनएको नेतृत्वका लागि उम्मेद्वारी दर्ता सुरु, जमुनाले सोमबार दर्ता गर्ने

असोज २९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता सुरु भएको छ । शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आज साँझबाट भोलि (सोमबार) बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । एनआरएनको अध्यक्षका लागि आज वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता …

Read More »

बन्दसूची पेश गर्न निर्वाचन आयोगमा भिड, ५५ दलले बन्दसूची पेशका लागि लिए टोकन

असोज २९ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५५ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दिएको जानकारी अनुसार साँझ ७ बजेसम्म कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा ती दलले बन्दसूची पेश गरेका हुन् …

Read More »

एनआरएनएको आठौँ महाधिवेशनको निर्वाचन प्रक्रिया शुरु (यस्तो छ तालिका)

असोज २९ । गैरआवासिय नेपाली संघ एनआरएनएको आठौँ महाधिवेशन राजधानीमा जारी छ । महाधिवेशनको राजधानीको हायात होटलमा अध्यक्ष शेष घलेले उद्घाटन गरे । महाधिवेशनमा आज वार्षिक एवं आर्थिक प्रतिवदन प्रस्तुत गर्ने तथा विधान संशोधन समेत गरिने एनआरएनएकी प्रवक्ता रञ्जु वाग्लेले जानकारी दिइन् । दुई वर्षे कार्यकालका लागी नेतृत्व छान्ने निर्वाचन …

Read More »

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि आइतबार आयोगमा बुझाउदैँ दलहरु

असोज २८ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । संविधानसभाबाट …

Read More »

प्रधानमन्त्री देउवाले राष्ट्रपतिको प्रशंसा गरेपछि …

असोज २८ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार स्वाभाविक भएको दाबी गरेका छन् । व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘संक्रमणकालमा मन्त्रीको संख्या कति हुने भन्ने संविधानमा उल्लेख छैन,’ उनले भने, ‘निर्वाचन आयोगले पनि मन्त्रिपरिषद्को विस्तारले निर्वाचनलाई कुनै असर नपर्ने …

Read More »

देउवालाई ओलीको प्रश्न– ‘के लोकतन्त्र भनेको कानून नमान्नु हो ?’

असोज २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको एकमात्र काम आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहित गराउनु रहेको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा वक्तव्य दिँदै उनले संसद्को अवधि सकिन एक दिनअघि अन्य दललाई जानकारीबिना मन्त्रिमण्डलमा …

Read More »